जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ प्रधानमन्त्रीको ‘पानी जहाज किन्ने सपना’मा शेयर हालिदिन्थे । तर त्यही वृद्धभत्तामै मन दुख्यो जेष्ठ नागरिकको । शेयर बजार लगातार ओरालो लागिरहँदा यसको क्षतिपूर्ति दुई तिहाइकै सरकारले दिनु पर्छ । वैदेशिक लगानीका बहुराष्ट्रिय उद्योगहरु आउन खोजिरहँदा सिमेन्टको खानी र दूध उद्योगका लागि जग्गासमेत दिन सकिएको छैन । हुन्न पनि नभन्ने सरकारका संयन्त्रहरु एकपछि अर्को आलोचित भइरहेका छन् । मानौँ स्वस्थानीमा सतीदेवीले अग्निदाह गरेपछि बहुलाएका महादेवको वैकुण्ठ यात्राजस्तै भइरहेको छ राजनीति ।
सरकारका नौ महिना पूरा भएका छन् । यो नौ महिना सरकारका लागि सबैभन्दा सहज थिए । दुई तिहाइ बहुमतको बर्को ओढेको थियो । पार्टी एकीकरण थाँती बसेका थिए । प्रतिपक्षी पहराका अघि कुहिना सावित थियो । अघिल्लो सरकारका पालामा जस्तो भारतको अघोषित नाकाबन्दीको नत्थी पनि थिएन । पार्टीभित्र सरकारलाई सफल पार्नु पर्छ भन्नेमा एक मत थियो । कार्यकर्ताले युद्धका घाउ कोट्याउन चाहेनन् । माथि मिलेपछि तल समस्या देखाउने फुर्सद पनि थिएन । किनभने तीन तहका निर्वाचनपछिका सरकार आफ्नै थिए । अघिल्लो सरकारजस्तो कतिखेर ढल्ला भनेर आधारस्तम्भमा सिमेन्ट थपिरहनु पनि पर्थेन । यति बलियो सरकारलाई आर्थिक वर्ष शुरु नहुँदै प्रतिपक्षले लगाएको अनेक लाञ्छना खण्डन गर्दै २०५१ को नौमहिने सरकार भन्दा लोकप्रिय बनाउन प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोजेका सहयोगी र सारथिहरु नै मन्त्रीगण र सचिवालयमा थिए । पार्टी सचिवालय पनि दुई अध्यक्षमैत्री महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वमा थियो ।
यति हुँदाहुँदै पनि सरकारको गति ‘सर्वोत्कृष्ट’ अनि ‘उत्कृष्ट’ त छाडौँ ‘अशल’ भन्दा कनिष्ट ‘राम्रो’सम्म देखिएन । बाल्यकालमा पढाइएका कथाजस्तो होइन राजनीति । जहाँ खरायो सुत्छ र कछुवाले दौड जित्छ । त्यो त मिथक थियो । इतिहास त के थियो भने लिगलिगे राजा हुन पनि दौडनु पथ्र्यो । मगरहरुले जित्थे, पछि ठकुरीले जिते । आफ्नै जीवित इतिहास हुँदाहुँदै कहाँ कछुवासँग खरायो दौडियो होला र ? अझ भनौँ कछुवा किन कछुवा छाडेर खरायोसँग दौडिन तयार भयो होला र ? राजनीतिमा इतिहास बनाउने हो, कथा बुन्ने होइन । कयौँ कम्युनिष्ट प्रधानमन्त्रीका सरकार हुँदा किन जनता मनमोहन अधिकारीको नौ महिने सरकारकै प्रशंसामा ‘सर्वोत्कृष्ट’ लगाइरहन्छन् । दुई–दुई पटक प्रधानमन्त्री हुने अवसर पाएका पुष्पकमल दाहाल र केपी ओली नेतृत्वको सरकार र पार्टीबीच किन सम्बन्ध सुमधुर हुन सकेन ? सपनाका पुलिन्दा बाँड्दाबाँडदै, योजनाहरुको डिपिआर नहुँदै अनि पार्टी पूर्णरुपमा एक नहुँदै तर नेताहरुलाई बिरामी कार्यकर्ता भेट्दै, स्कुलको साधारण सभा उद्घाटनमा भ्याइनभ्याइ हुँदै गर्दा स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले भन्नुप¥यो कि, ‘जेठमा उत्साहित कार्यकर्ता मंसिर मसान्तमा शिथिल देखिएकै हो ।’
कहाँ कछुवासँग खरायो दौडियो होला र ? अझ भनौँ कछुवा किन कछुवा छाडेर खरायोसँग दौडिन तयार भयो होला र ? राजनीतिमा इतिहास बनाउने हो, कथा बुन्ने होइन । कयौँ कम्युनिष्ट प्रधानमन्त्रीका सरकार हुँदा किन जनता मनमोहन अधिकारीको नौ महिने सरकारकै प्रशंसामा ‘सर्वोत्कृष्ट’ लगाइरहन्छन् । दुई–दुई पटक प्रधानमन्त्री हुने अवसर पाएका पुष्पकमल दाहाल र केपी ओली नेतृत्वको सरकार र पार्टीबीच किन सम्बन्ध सुमधुर हुन सकेन ?
जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ प्रधानमन्त्रीको ‘पानी जहाज किन्ने सपना’मा शेयर हालिदिन्थे । तर त्यही वृद्धभत्तामै मन दुख्यो जेष्ठ नागरिकको । शेयर बजार लगातार ओरालो लागिरहँदा यसको क्षतिपूर्ति दुई तिहाइकै सरकारले दिनु पर्छ । वैदेशिक लगानीका बहुराष्ट्रिय उद्योगहरु आउन खोजिरहँदा सिमेन्टको खानी र दूध उद्योगका लागि जग्गासमेत दिन सकिएको छैन । हुन्न पनि नभन्ने सरकारका संयन्त्रहरु एकपछि अर्को आलोचित भइरहेका छन् । मानौँ स्वस्थानीमा सतीदेवीले अग्निदाह गरेपछि बहुलाएका महादेवको वैकुण्ठ यात्राजस्तै भइरहेको छ राजनीति । स्वस्थानीमा त जहाँ सतीदेवीका अंग खस्थे, त्यहाँ महादेवको मन्दिर उत्पत्ति हुन्थ्यो र लोक पुज्थे । यो त निर्वाचन प्रक्रियाद्वारा बहुदलीय स्पर्धा र मानवअधिकारसहित सुशासनमा जनताको बहुदलीय जनवाद (जवज)को अभ्यास हो । यहाँ कछुवाले जितेका र महादेव वैकुण्ठ हिँडेका मिथकहरुले काम गर्दैन । तर सरकारको गति हेर्दा लाग्छ, आफ्नै अवयवहरु खराब छन् । अख्तियारले मुद्दा हालेका व्यक्ति अशल हुन् भन्दै मन्त्रीहरु हिँड्नु ‘महादेवको वैकुण्ठ यात्रा भाग २’ हुनैसक्दैन । माओवादबाट सि जिनफिङवाद आउन सर्वोच्च कमाण्डर सिले आफू सरहका भए पनि नेताहरुमा देखिएको भ्रष्टाचार र यौन अपराधमा कठोर भएर कारबाही गरेका थिए । १० हजार कार्यकर्ता भ्रष्टाचारको आरोपमा जेलमा छन् । १० लाख कार्यकर्तामाथि अनुसन्धान भइरहेको छ । के हामीकहाँ यति कठोर शासककै अभावमा दुई तिहाइकै सरकार बालुवाको घर हुन लागेको हो त ? सपना देख्न पाइन्छ, सपनामा रमाउन पाइन्न । जो सपनामामा रमाउँछन्, तिनको हर्कत देखेर छेउमा हुनेहरुले चिमोट्ने, पानी छम्कने गर्नुपर्छ । जनतालाई सपना होइन, योजना चाहिएको छ । त्यो पनि समानताका आधारमा सम्पन्न हुने र सम्पन्नताका आधारमा समानता महसुस हुने । नौ महिना पुगेको सरकारलाई एकपटक शुभकामनाको ¥यापरभित्र सुझावको पुलिन्दा पनि ।
माओवादबाट सि जिनफिङवाद आउन सर्वोच्च कमाण्डर सिले आफू सरहका भए पनि नेताहरुमा देखिएको भ्रष्टाचार र यौन अपराधमा कठोर भएर कारबाही गरे । १० हजार कार्यकर्ता भ्रष्टाचारको आरोपमा जेलमा छन् । १० लाख कार्यकर्तामाथि अनुसन्धान भइरहेको छ । के हामीकहाँ यति कठोर शासककै अभावमा दुई तिहाइकै सरकार बालुवाको घर हुन लागेको हो त ? सपना देख्न पाइन्छ, सपनामा रमाउन पाइन्न । जो सपनामामा रमाउँछन्, तिनको हर्कत देखेर छेउमा हुनेहरुले चिमोट्ने, पानी छम्कने गर्नुपर्छ ।