Nic

तीन दिन सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायको बाहुल्यता रहेकाको स्थानीय तहले सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने भएका छन् । मुलुकको विभिन्न भेगमा केही गाउँपालिकाले सोनाम ल्होसारमा माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले ल्होसारमा सार्वजनिक बिदा दिने जनाएको छ । हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास छ ।  मरिण र घ्याङलेख गाउँपालिकाले पनि सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ती गाउँ गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बसोबास छ ।

त्यस्तै काभ्रेको काभ्रे । रोशी र तेमाल गाउँपालिकाले पनि ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।सोनाम ल्होसारमा प्रदेश २ सरकारले एकदिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश २ सरकारले माघ २२ गते बिदा दिने जनाएको छ । त्यसैगरी प्रदेश ३ सरकारले पनि सोनाम ल्होसारमा माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुलुकका अन्य केही गाउँपालिकाले पनि ल्होसारमा बिदा दिने जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो…

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन…

मेष –पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । मिथुन– बुद्धिले…

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।