Nic

जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न

फाइल फोटो

काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । ३अर्ब ४९ करोडमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७३ देखि अड्डाको पुनर्निर्माण शुरु गरिएको थियो । मुख्यालयमा ४७ कार्यालय छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राकृतिक विपदबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपायहरु अपनाई जङ्गी अड्डाको पुनर्निर्माण गरिएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भूकम्पलगत्तैको राहत र उद्दार कार्यमा सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले भूकम्पबाट क्षति भएका नेपाली सेनाका संरचनाको पुनर्निर्माण प्राधिकरणको दायित्व भएको बताउनुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राधिकरणको ठूलो सहयोग र राम्रो समन्वयबाट जङ्गी अड्डाको पुनर्निर्माण आगामी वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी कार्य भइरहेको जानकारी दिनुभयो । प्राधिकरणको लक्ष्यभित्र सेनाका सबै संरचनाको पुनर्निर्माण सम्पन्न हुने बताउँदै उहाँले सेनाले भविष्यमा निर्माण गर्ने संरचनाहरु पनि सुरक्षित र बलियो बनाउने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– प्रशंसा मिल्नेछ । काममा जस पाइनेछ ।वृष– विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।मिथुन– बाधाको सामना गर्नुपर्नेछ ।…

सरकारी तलव खाएर डाक्टर निजी क्लिनिक र फर्मामा काम गर्न जाने गरेको स्थानीयकाे भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीले निजी विद्यालय सरकारले बन्द नगराउने बताउनु भएको छ ।

सभामुख महराले सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माण अघि बढाउन सरकारलाई सचेत गराउनु भयो ।

उनीहरुले अब प्याराग्लाइडिङ, बञ्जीजस्तै साहसिक खेल ‘जिपलाइन’को मजा लिन पाउने छन् । एकपटक पुग्नुहोस् है तपाईं पनि !

खेम बम काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीका निर्वतमान अध्यक्ष रञ्जित तामाङले आफूमाथि अन्याय भएपनि मुलुकको हित र ठूला वामघटकको एकताकालागि बलिदानी…