Nic

अछाममा प्रलेस गठन

अछाम । वामपन्थी लेखकहरुको साझा संगठन प्रगतिशिल लेखक संघले आफ्नो अधिवेशनको तयारी अघि बढाएको छ । केन्द्रीय अधिवेशन गर्नुअघि प्रदेश सम्मेलनको तयारीमा जुटेको संघले देशैभरका जिल्लाहरुमा आफ्ना समितिहरु निर्माणको काम अन्तिम चरणमा पुर्याएको जनाइएको छ ।

संघका केन्द्रीय उपाध्यक्ष एवं लेखक तथा कथाकार डा. पुष्करराज भट्टले यो पटक कुनै पनि जिल्लामा संगठन विस्तार गर्न बांकी नराखिने र त्यही अनुरुप आफुहरु क्रियाशिल भइरहेको बताउनुभयो । चैत्र २ गतेबाट धनगढिमा हुने सुदुरपश्चिम प्रदेशको सम्मेलनमा व्यस्त भट्टले प्रदेशका सबै जिल्लाहरुमा उपलब्ध साथिहरुको सहभागितामा समितिहरु निर्माण गरिएको जानकारी दिनुभयो । प्रदेश सम्मेलनको चापाचाप बढेको र जिल्लाका साथिहरु जिल्ला बाहीर बढी बस्ने भएकाले कमिटीहरु गठन गर्दा सामाजिक सञ्जाल र फोन सम्पर्कका माध्यामबाट समेत साथीहरुलाई संगठित गरिएको भट्टको भनाई छ ।

यहि बिचमा उपाध्यक्ष भट्टसंगको समन्वयमा सुदुरपश्चिमको पहाडी जिल्ला अछाममा पनि पहिलो पटक प्रगतिशिल लेखक संघ (प्रलेस) गठन गरिएको छ । युवा लेखकहरु नरेश न्यौपाने ‘अल्पविराम’, ताराप्रसाद पाण्डे र अछाम गजल मञ्चका अध्यक्ष समेत रहेका जिवन सरोवरको सक्रियतामा अछाममा प्रलेस गठन गरिएको हो ।

फागुन २९ गते सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष एवं राष्ट्रियसभाका सदस्य माननिय शेर बहादुर कुंवर , प्रदेश कमिटी सदस्य बम बहादुर विसी तथा नेकपा विप्लव समुहका नेता आर.पी तिमिल्सिनासँग समेत परामर्श गरि जिल्लामा प्रलेसको गठन गरिएको नवगठित कमिटीका अध्यक्ष नरेश न्यौपानेले बताए । न्यौपाने (पञ्चदेवल विनायक न.पा) को अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा जिवन सरोवर (तुर्माखाँद गा.पा), सचिवमा ताराप्रसाद पाण्डे (बान्निगढि जयगढ गा.पा) सह सचिव विधुत्मा ‘किस्मत’ (साँफेबगर न.पा) र कोषाध्यक्ष उपेन्द्र भावुक (रामारोसन गा. पा) रहेका छन् ।

त्यस्तै कमिटीका सदस्यहरुमा सुनिल चण्डारी (मंगलसैन न.पा), संसार ‘प्रतिक्षा’ (चौरपाटी गा.पा), भिम ‘सरोवर’ (मेल्लेख गा.पा) , पुष्प सञ्ज्याल (कमलबजार न.पा), इलम खत्री (ढकारी गा.पा), भानु ढकाल (कमलबजार न.पा), पुजा रावल (साँफेबगर न.पा), महेन्द्र बयक (तुर्माखाँद गा.पा), पार्वती विष्ट (मंगलसैन न.पा), प्रदिप खनाल (रामारोसन गा. पा) रहेका छन् । प्रलेस अछामको सल्लाकार समितिमा प्रगतिशिल लेखक तथा साहित्यकारहरु डा. हर्क बहादुर शाही, आर. पी तिमिल्सैना र पुर्ण रावल रहनुभएको छ ।

साथै नवगठित प्रलेस अछामले चैत्र २ गते धनगढीमा हुने आफ्नो प्रदेश सम्मेलनमा प्रतिनिधित्व जनाउने र त्यसका निम्ती सचिव ताराप्रसाद पाण्डे र सहसचिव विधुत्मा ‘किस्मत’ लाई प्रतिनिधिका रुपमा पठाउने निर्णय समेत गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रकृतिले सुन्दर बनाएको देशलाई हामी मानिसले भौतिक रुपमा अझ सुन्दर बनाउन सक्नु पर्दछ ।

धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ७ जनाको सनाखत भएको छ ।

हरेक दिन थुप्रै सपना बन्छन् । तर ती पूरा हुदैँनन्, मनभित्रै मर्छन् । हरेक योजना चिहान बन्छ ।

अनेरास्ववीयूकी निवर्तमान अध्यक्ष एवम् सांसद नविना लामाले जनवर्गीय संगठनको एकता प्रक्रिया अनुसार नै भएको तर्फ संकेत गर्नुभएको छ ।

काठमाडौं । काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस धादिङको आदमघाटबाट त्रिशुली नदीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस…

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ ।