Nic

अष्ट्रेलियामा ‘सिड्नी फेशनिस्टा २०१९’ हुने

काठमाडौं । मार्च ३० मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना हुने भएको छ ।

एएसएपी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको सिड्नी फेशनिस्टामा चर्चित गायक तथा भोईश अफ नेपालका कोच सनुप पौडेल तथा अर्कि चर्चित गायिका आस्था कुँवर मडल तथा नृत्याङगना एन्जल श्रेष्ठ, कर्पोरेट क्विनकी विजेता शितल थापा, ड्रेस डिजाइनर सुपी रसाइली लगायतको सहभागिता हुनेछ ।

एएसएपीले यसअघि अष्ट्रेलियामा दुई पटक विभिन्न मनोरञ्जनात्मक तथा साँगितीका कार्यक्रम र पोखरामा कर्पोरेट कनेक्शन, कर्पोरेट क्विनजस्ता सफल कार्यक्रमको आयोजना गरिसकेकाे छ । मडल तथा कोरियोग्राफर अर्चना शर्माले कोरियोग्राफी गर्ने फेशन शोमा विदेशी तथा नेपाली मोडलहरुले नेपालका विभिन्न पहिरनमा र्याम्प वाक गर्ने भएका छन् ।

यस्तो कार्यक्रम सिड्नीमा पहिलो पटक हुन लागेको हो । पृथक कार्यक्रमले सिड्नी वासीमा उत्साह छाएको आयोजक एएसएपीका निर्देशक सन्तोष अधिकारीले बताउनुभयो । देश तथा विदेशमा प्रख्यात उद्घोषक विवेक खतिवडाले कार्यक्रम संचालन गर्ने भएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– पैसाको अभाव हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।वृष– कृषिबाट लाभ मिल्नेछ । काम छिटो बन्नेछ ।मिथुन– राजनीतिक फाइदा आउनेछ । पहिचान…