काठमाडौं । पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर कारोबार बिहिबार पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक बिबिहार ६ दशमलव ८६ विन्दुले घटेर एक हजार १४० दशमलव ६० मा झरेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ५२ विन्दुले घटेर २४२ दशमलव ४७ पुगेको छ ।
बिहिबार १ सय ७१ कम्पनीको ९ लाख ४७ हजार ७ सय २६ कित्ता शेयर २७ करोड २४ लाख ९४ हजार ५ सय ६५ रुपैयाँमा किनबेच भएको छ। कारोबार भएका ११ उपसमूहमध्ये चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । होटल १ दशमलव ०३, विकास बैंक २ दशमलव ७६, उत्पादन १ दशमलव १६ र अन्य उपसमूह ० दशमलव ७७ ले बढेको छ । बैंकिङ ७ दशमलव १९, व्यापार २ दशमलव ७९, जलविद्युत् ५ दशमलव १८, वित्त १ दशमलव ३७, निर्जीवन बीमा ६९ दशमलव १८, लघुवित्त १० दशमलव ४६ र जीवन बीमा ६१ दशमलव ७६ ले घटेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४ लाख ४२ हजार ९ सय ७० रुपैयाँ कारोबार भई शीर्ष स्थानमा छ । ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ८२ लाख ९० हजार ८ सय ८०, सिटिजन बैंकको ९६ लाख ८७ हजार ६ सय ३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको ९३ लाख ६५ हजार ४ सय ३१, एनआइसी एशिया बैंकको ८८ लाख सात हजार ८७ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा छन् ।आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९१ प्रतिशतले कमाउँदा भार्गव विकास बैंक ३ दशमलव ६५, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३ दशमलव ५५, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २ दशमलव ७८ प्रतिशतले कमाएका छन् ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव ७४, उन्नति लघुवित्त वित्तीय संस्था ५ दशमलव ४३, किसान लघुवित्त वित्तीय संस्था ५ दशमलव २०, नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।