चरेससहित पक्राउ
६ सय ४३ किलो लागु औषध बरामद

सन्तोष श्रेष्ठ
धादिङ । लागु औषध नियन्त्रण ब्यूरोको विशेष टोलीले दक्षिणी धादिङको गजुरी गाउँपालीका स्थित पेटार भन्ने ठाँउबाट गए राती ६ सय ४३ किलो लागु औषध चरेस र गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गजुरीको सहयोगमा लागु औषध नियन्त्रण ब्यूरोबाट खटी आएको विशेष टोलीले लागु औषध बरामद गरेको हो ।
टोलीले गजुरी गाउँपालीकाको पेटारस्थित सुकमान तामाङ्गको घरमा बिक्रीका लागी तयारी अवस्थामा राखिएको १ सय १० किला चरेस, ५ सय ३४ किलो गाँजा र चरेस बनाउनका लागी तयार गरिएको गाँजाको धुलो बरामद गरेको हो । सुकमान तामाङ्गको घर नजीकै चरेश बनाउने कारखाना नै सञ्चालन गरी लागु औषध कारोवारो हुने गरेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ । प्रहरीले निजको ४५ वर्षीय श्रीमती सुकमाया तामाङ्गलाई पनी पक्राउ गरेको छ । पक्राउ परेका तामाङ्गलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याईएको छ ।
ब्युरोबाट खटिएको प्रहरी टोलीले लागु औषध ओसारपसारका बन्द गर्ने उदेश्यले मुख्य ठाँउमा नै यसको कारोवारो बन्द गर्न अप्रेशन चलाईएको जनाईएको छ । धादिङ जिल्लामै यति ठूलो परिमाणको लागु औषध पहिलो पटक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाईएको छ ।