Logo ८ श्रावण २०७८, शुक्रबार


प्रलेसका चुनाैती

ऐतिहासिक परिसम्वाद कार्यक्रमको सम्झना

म प्रगतिशील लेखक संघमा आबद्ध हुनुमा कुुनै संयोग थिएन । यो तत्कालीन सुदूर पश्चिमेली साहित्यमा देखापरेको संकीर्णता र विभेदको परिणाम थियो । प्रारम्भमा मलाई के लाग्थ्यो भने साहित्यिक–सांस्कृतिक क्षेत्रमा मानिसहरु निष्ठाका साथ लाग्छन । उनीहरु प्रतिभा पहिचान गर्छन् र पुुरानो पुुस्ताले नयाँ पुुस्तालाई अवसर प्रदान गर्छन् । राजनीतिक, सामाजिक एवम् सांस्कृतिक विभेद गर्दैनन्। यो भ्रममा म लामो समय बाँचे । मैले लगभग कैलालीका सबैजसो साहित्यिक–सांस्कृतिक संस्थामा काम गरिसकेको छु। प्रारम्भमा मलाई एक मञ्चको आवश्यकता थियो । ती संस्थामा लागेँ, मरिमेटेर काम गरेँ । तर यहाँ पछि कामका बेला खोजीखोजी बोलाउने र जब निर्णायक अवस्था आउँछ, गुटबन्दी गरेर पराजित गराउने काम हुन थाल्याे । यसबाट जुन पीडा पाइएको छ, त्यो कुनै व्यक्तिगत समस्या नभएर राजनीतिक, सामाजिक, सांस्कृतिक परिवेश र सो परिवेशले उत्पन्न गरेको चिन्तनको प्रभाव थियो ।

सुदूर पश्चिमको तराईमा रहेका पहाडी मूलका मानिसमा फरक सामाजिक परिवेशबाट आएको व्यक्तिलाई हेर्ने दृष्टिकोणले उत्पन्न गरेको समस्याको मारमा म परिरहेँ । कतिपयले मलाई आफ्नो पुख्र्यौली जिल्लाको नभएको कारण खेदे भने कतिपयले राजनीतिक भिन्नताका कारण खेदे । तर आज मलाई के लाग्छ भने मलाई ती मानिसहरुले माया गरेको भए म आजको अवस्थामा पुग्दैनथेँ । आजका दिनसम्मको यात्रा सहज, सरल र स्वभाविक नभए पनि केही गर्नका लागि उर्जा प्रदान गर्ने कार्यमा मेरो जन्मप्रदेशका नकारात्मक चिन्तन भएका व्यक्ति र समूूहको भूमिका प्रबल रह्यो । उनीहरु मलाई दु:ख दिँदै गएँ, म संघर्ष गर्दै गएँ । जसले गर्दा मैले नेपाली समाजलाई अनि आफैलाई पनि चिन्दै गएँ जसको परिणाम आज म यो स्थानसम्म पुग्न सफल भएको छु ।

म कसरी प्रगतिशील लेखक संघमा जोडिएँ, त्यसको पनि एक कथा छ । वि.स. २०४७ देखि अनेरास्ववियुमा आबद्ध हुुँदै सामाजिक आन्दोलनमा लागेँ । वि.स. २०४८ देखि साहित्य लेखनमा रुचि बढ्दै गयो । साहित्यिक कर्मका माध्यमबाट आफूलाई अघि बढाउने क्रममा म जनमत मासिक र यसका सम्पादक मोहन दुुवालसँग जोडिएँ । वि.स. २०५७–२०५८ तिर हुनुपर्छ । मोहन दुुवाल प्रलेसको कोषाध्यक्ष हुनुहुन्थ्यो पछि उहाँले आफ्नो कार्यकाल पुरा गरेर विदा लिनुुभयो ।

म पनि वामपन्थी राजनीति र साहित्यका क्षेत्रमा सुदूर पश्चिममा कार्य गरिरहेको थिएँ । प्रलेसको बारेमा थाहा पाएको र यसमा आबद्ध हुने चाहना बढदै जाने क्रममा एकदिन मैले उहाँसँग यसको सदस्यताका बारेमा कुरा गरेँ । उहाँले प्रलेस पार्टीसम्बद्ध लेखकको संस्था बनेकोले यसमा रहेर काम गर्न असहज हुने भनेर यसमा नलाग्न सुझाव दिनुभयो तर मेरो मनले मानेन । ममा प्रलेसमा आबद्ध हुने चाहना बढदै गयो । यसै क्रममा वि.स. २०६० मा कैलाली जनपुस्तकालयको प्रबन्ध समितिको निर्वाचनमा त्यस क्षेत्रका कांग्रेस, राजावादीले मलाई हराउने कार्य गरे । त्यसबखत स्रष्टा मनोहर लामिछाने धनगढीमा जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय प्रबन्धक हुुनुहुन्थ्यो । उहाँसँग साहित्य, राजनीति र समाजका विषयमा छलफल भइरहन्थे ।

हामीले कैलालीमा वैकल्पिक संस्था स्थापना गर्ने र सञ्चालन गर्ने भनेर सल्लाह भयो । त्यस सल्लाह अनुुसार हामीले कैलालीमा पाँच जनाको प्रलेस जिल्ला तदर्थ समिति गठन गर्याैं । २०६० असोज १३ गतेका दिन कैलाली जिल्लामा सर्वप्रथम प्रगतिशील लेखक संघको कमिटी निर्माण गरियो । त्यहाँबाट युमा जाेडिएँ । त्यसबेला कमिटीमा रहेका साथीहरु मध्ये साहित्यिक गतिविधि, प्रकाशन र कैलाली बाहिरको नेपाली साहित्य जगतसँग परिचित म नै थिएँ । यति हुुँदाँहुुँदै पनि मलाई सदस्य मात्र बनाउने खेल रचियो । त्यसलाई अस्विकार गर्नुको विकल्प थिएन, किनकी त्यस क्षेत्रमा इतर विचारका लेखकको दबदबा र दमन कायमै थियो । म आफै विभिन्न साहित्यिक संस्थामा आबद्ध हुँदा त्यसको मारमा परिसकेको थिएँ । साहित्यिक संस्थाका चुनावमा नियोजित रुपमा हराउने कार्य हुुन्थ्यो । त्यसबखत कैलाली जनपुस्तकालयको चुुनाव सम्पन्न भएको थियो । हिजोका राजावादी र कांग्रेस मिलेर मलाई नियोजित रुपमा हराएपछि वैकल्पिक संस्थाको स्थापना गर्नुपर्छ भन्ने सल्लाह अनुुसार प्रगतिशील लेखक संघको कैलाली शाखाको गठन गर्ने कुरा भएको थियो । संस्था त गठन गरियो, कसरी चलाउने, यही प्रश्नले दुु:ख दिइरहयो ।

सुदूरपश्चिमको तराईमा रहेका पहाडी मूलका मानिसमा फरक सामाजिक परिवेशबाट आएको व्यक्तिलाई हेर्ने दृष्टिकोणले उत्पन्न गरेको समस्याको मारमा म परिरहेँ । कतिपयले मलाई आफ्नो पुख्र्यौली जिल्लाको नभएको कारण खेदे भने कतिपयले राजनीतिक भिन्नताका कारण खेदे

संस्थाको जिम्मा लिएका व्यक्ति संस्थालाई कसरी गतिशील बनाउने भन्दा पनि आफ्नो नाक कसरी उच्चो पार्ने ध्यानमा लागेपछि संस्थामा केही काम भएन । संस्थाको जिम्मा लिएका व्यक्ति संस्थालाई कसरी गतिशील बनाउने भन्दा पनि आफ्नो नाक कसरी उच्चो पार्ने ध्यानमा लागेपछि संस्थामा केही काम भएन । राष्ट्रिय सम्मेलनमा गएर संस्थाका अध्यक्ष र सचिव दुवै मुख नबोल्ने भए । सचिवले उम्मेदवारी दिएर पराजित भएको, अध्यक्ष सचिवसँग झगडा गरेर फर्केको तीतो अनुभूतिले संस्थाको आन्तरिक जीवन प्रभावित भयो । वि.स. २०६४ मा पुरानो तदर्थ समिति विघटन गरेर नयाँ प्रथम जिल्ला सम्मेलन आयोजक समिति गठन गरियो । त्यसको संयोजकको जिम्मा मैले लिएँ ।

जिल्लामा केही समय संगठन विस्तारपछि प्रथम जिल्ला सम्मेलन गरेर मलाई जिल्ला अध्यक्षको जिम्मा मिल्यो । २०६६ मा भएको आठौं राष्ट्रिय सम्मेलनले मलाई केन्द्रिय समितिको सदस्यको जिम्मा दियो । त्यसपछि २०६९ मा भएको नवौं राष्ट्रिय सम्मेलनले मलाई केन्द्रिय सदस्य, २०७२ को दशौं राष्ट्रिय सम्मेलनले मलाई केन्द्रिय उपाध्यक्ष एवम् प्रदेश नम्बर सातको ईन्चार्जको जिम्मा दियो । आजको दिनसम्म आइपुग्दा कैलाली र कञ्चनपुुरमा चौथो जिल्ला सम्मेलन चौथो जिल्ला सम्पन्न भइसकेको छ । प्रदेश नम्बर सातका सबै जिल्लामा जिल्ला शाखा बनाइएको छ र प्रदेश नम्बर सातको प्रथम प्रदेश सम्मेलन सम्पन्न गरेर संगठनको एघारौं राष्ट्रिय सम्मेलनको तयारी चलिरहेको छ ।

प्रलेसको उपाध्यक्ष हुनु अघि म धनगढीमा जयमालिका क्याम्पस पढाउँथे । एकातिर नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयको विद्यावारिधि शोधार्थी, अर्कोतिर संगठनको जिम्मेवारी, पढाइरहेको क्याम्पसमा न्यून कक्षा र न्यून तलबमा बाँचिरहेको परिवेशमा म बाँचेको थिएँ । संगठनको जिम्मेवार ठाउँमा रहेका केही मानिसले काठमाडौं आउन प्रेरित गरे । यता आए कामका लागि समेत पहल गर्ने आश्वासन दिए । त्यो आश्वासन पुरा भएन । म असहज परिस्थितिका बिच काठमाडौंमा जसोतसो बाँचिरहेँ । म काठमाडौं आएपछिका दिनमा केन्द्रीय समितिमा कामको बाँडफाँड, विभागको निर्माण गर्ने बेला मलाई कतै राखिएन ।

पछि मैले पनि कामको थप जिम्मेवारी माग गर्दा हरेक महिनाको पहिलो शुक्रवार परिसम्वाद आयोजना गर्ने र त्यसको संयोजनको जिम्मा मैले पाएँ । अहिले सम्म आइपुग्दा यो कार्यक्रमले एक्काइस श्रृङ्खला पार गरिसकिएको छ र यसले आफ्नो प्रतिष्ठा कायम गरिसकेको छ । राजधानी बसाइले एकातिर विद्यावारिधि गर्न सक्षम भएँ भने अर्कोतिर प्रलेसले तोकेको जिम्मेवारी समेत पुरा गर्दै आएँ ।

प्रगतिशील लेखक संघको केन्द्रिय समितिको आयोजनामा नितान्त फरक, नौलो कार्यक्रम थालनी गर्दा अनुभवको कमी त थियो नै त्यसबाहेक म सुदूर पश्चिमबाट आएको मानिस, राजधानीमा यसरी काम गर्न सक्छु कि सक्दैन भन्ने मनमा लागेपनि दृढ संकल्पका साथ लागिरहेँ । यो कार्यक्रम गर्ने निर्णय भएपनि यसलाई कसरी अघि बढाउने खास ठोस योजना बनेको थिएन । मूलतः स्रष्टा, सिर्जना, विचार र आन्दोलनसँग जोडेर कार्यक्रम चलाउने भन्ने सहमति भने भएकै हो । यसै कुुरालाई मार्गनिर्देशक लाइन मानेर कार्यक्रम अघि बढाइयो । वि.स. २०७३ पुुस १ बाट कार्यक्रम प्रारम्भ गरियो र वि.स. २०७५ फाल्गुुन ३ गते यसको समापन गरियो । यसै क्रममा २४ जना मूल वक्ता र सयौं मानिसले परिसम्वादमा आफ्नो धारणा राख्ने कार्य गर्नुभयो ।

यस कार्यक्रममा वि.स. २०७३ पुुस १ गते भएको कार्यक्रममा पहिलो पटक भारतीय लेखिका महाश्वेता देवीको जीवन र कर्मका बारेमा चर्चा गरियो । त्यस कार्यक्रमका प्रमुुख वक्ताका रुपमा लेखक, पत्रकार राजेन्द्र महर्जन हुनुहुन्थ्यो भने अन्तिम कार्यक्रम २०७३ फागुुन ३ गते सम्पन्न गरियो । यस कार्यक्रमका वक्ताका रुपमा ईश्वरचन्द्र ज्ञवाली र शोभा दुलाल हुनुहुन्थ्यो । यस कार्यक्रममा उहाँहरुले प्रलेसको आन्तरिक जीवन र यसको भावी दिशाका बारेमा आफू र आफू सम्बद्ध सांस्कृतिक मोर्चाका धारणा राख्नु भएको थियो ।

प्रलेस परिसम्वादमा विगतमा नेपाल र विश्वको प्रगतिवादी आन्दोलनमा विशिष्ट योगदान दिने स्रष्टाको जीवन र कर्मका सम्बन्धमा भएका कार्यक्रम उत्साहजनक रहे । यस किसिमका कार्यक्रममा महाश्वेता देवीको योगदानमा राजेन्द्र महर्जन, हृदयचन्द्रको योगदानमा श्यामल, पुष्पलालका योगदानमा लोकनारायण सुवेदी, युद्धप्रसाद मिश्रका योगदानमा वासुदेव अधिकारी, घनश्याम ढकालका योगदानमा डा. अमर गिरी, कृष्णसेन इच्छुकका योगदानमा प्रा.डा. गोपीन्द्र पौडेल, रुपचन्द्र बिष्टका योगदानमा श्याम श्रेष्ठ, पदमरत्न तुलाधरको योगदानमा डा. चुुन्दा बज्राचार्यले आफ्ना सारगर्भित विचार राख्नुुभयो ।

यसरी प्रलेस परिसम्वादका आठ कार्यक्रममा स्रष्टा र तिनको योगदानमा केन्द्रित भए । यी कार्यक्रमले पछिल्लो पुस्तालाई अघिल्लो पुुस्ताको योगदान, जीवनकर्म, त्याग र त्यसले निर्माण गरेको वैचारिक एवम् सांस्कृतिक विरासतको बारेमा थाहा पाउने मौका मिल्यो । आफ्ना अग्रजलाई सम्झने, उहाँहरुको योगदानको स्मरण गर्ने र त्यसका आधारमा भावी दिशा र कार्यक्रम तय गर्ने सम्बन्धमा यी कार्यक्रमले सार्थक परिणाम निकालेको सन्दर्भ यहाँ उल्लेख गर्नु उचित हुन्छ ।

प्रलेस परिसम्वादको क्रममा साहित्यिक विधासँग सम्बन्धित रहेर समेत कार्यक्रम गरियो । यसरी गरिएका कार्यक्रममा नेपाली कवितामा आधुनिकता विषयमा डा. रामप्रसाद ज्ञवाली, प्रगतिशील उपन्यास लेखनका चुनौती विषयमा नारायण ढकाल, नेपाली कथा लेखनका चुनौती विषयमा डा. ऋषिराज बराल, नेपाली लोकसाहित्यमा प्रगतिशीलता विषयमा मनोहर लामिछाने, नेपाली गजलमा प्रगतिवाद विषयमा प्रा.डा. घनश्याम न्यौपाने, प्रगतिशील दृष्टिमा सर्वाल्टन विषयमा प्रा.डा. ताराकान्त पाण्डेय, प्रगतिशील साहित्यमा महिला स्रष्टा विषयमा सीता शर्माले प्रमुख वक्ताका रुपमा आफ्ना विचार राख्नुभयो । यसरी यस कार्यकालमा प्रलेस परिसम्वादका क्रममा सात कार्यक्रम साहित्यिक विधा, विधासँग सम्बन्धित सिद्धान्त एवम् एक कार्यक्रम नारी स्रष्टाका योगदानमा केन्द्रित रहे ।

प्रलेस परिसम्वादमा लोकतान्त्रिक स्रष्टा आन्दोलन र यसको महत्वका विषयमा समेत कार्यक्रम गरियो । जनआन्दोलनमा स्रष्टाको भूमिका चैत ३ र चैत ३० का सम्बन्धमा हरिगोविन्द लुईँटेलले प्रमुख वक्ताका रुपमा आफ्ना दृष्टिकोण राख्ने काम गर्नुभयो । यस कार्यकालमा दार्शनिक चिन्तनका विषयमा दुई कार्यक्रम गरियो । यी कार्यक्रममा मुरारी अर्यालले प्राचीन नेपालमा गणतन्त्रको अभ्यास विषयमा आफ्ना विचार राख्नुभयो । यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको थियो ।

यसरी नै पूर्वीय दर्शनमा भौतिकवाद विषयमा गोपीरमण उपाध्यायले प्रमुख वक्ताका रुपमा विचार प्रस्तुत गर्नुुभयो । यस कार्यकालमा तीन कार्यक्रम प्रलेसको आन्तरिक जीवनमा केन्द्रित रहे । प्रलेसका सम्बन्धमा विभिन्न खाले नकारात्मक टिकाटिप्पणी गर्ने र यसको ध्वंसमा रमाउन खोज्ने समूहले जति गाली गरेपनि संस्थाले आफ्ना बौद्धिक क्रियाकलापलाई अघि बढाइरह्यो । यी कार्यक्रममा प्रलेसमा आबद्ध सांस्कृतिक मोर्चाका प्रमुखले आफ्ना विचार सुस्पष्ट किसिमले राख्ने कार्य गरे । यसरी साहित्यमा संयुक्त मोर्चाको भूमिका विषयमा आफ्नो विचार राख्ने प्रमुख वक्तामा खगेन्द्र राई, कृष्णहरि भट्ट, गोविन्द आचार्य, सरल सहयात्री, ईश्वरचन्द्र ज्ञवाली र शोभा दुलाल हुुनुुहुुन्थ्यो ।

प्रगतिशील लेखक संघको इतिहासमा रमेश विकल अध्यक्ष हुुँदा यस किसिमका कार्य गरिएको भएपनि यसरी व्यवस्थित र नियमित कार्यक्रम भएको इतिहास छैन । यस कार्यक्रममा चार प्रकृतिका कार्यक्रम गरिए । इतिहासका असल स्रष्टा र तिनको योगदानमा आधारित भएर आठ कार्यक्रम, साहित्यिक आन्दोलनसँग सम्बन्धित सात कार्यक्रम, संयुुक्त मोर्चा सम्बन्धमा मोर्चा प्रमुख वक्ता भएका तीन कार्यक्रम, दार्शनिक चिन्तनका बारेमा दुई कार्यक्रम र स्रष्टा आन्दोलनका विषयमा एक कार्यक्रम गरेर एक्काइस कार्यक्रम सम्पन्न गरियो ।

यी कार्यक्रमका बिचमा कतिपय अवस्थामा आफ्नो विचार राख्ने स्रष्टाका बिचमा बहस समेत भयो । कार्यक्रम अब चल्दैन की जस्तो पनि भयो तर कार्यकालभरि परिसम्वाद निरन्तर चलिरहयो । यसका विरुद्धमा अखबारबाजी भए, यो एउटा कार्यक्रम गरेर के के न गर्याैं ? भनेर गिल्ला गर्ने कार्य पनि भए तर पनि यथार्थ के हो भने कसैले माने पनि नमाने पनि, जतिसुकै रिसडाह गरेपनि प्रलेस परिसम्वाद प्रलेसको आन्तरिक जीवनमा एक कोसेढुङ्गा हो ।

यसलाई व्यवस्थित गर्ने, कार्यक्रममा सहभागिताको स्तर बढाउने कार्य भोलि पनि होलान तर यसले शुन्यताबिच जीवनको लयलाई गतिशील बनाएको छ । संगठनमा एक किसिमको उर्जा थपेको र संगठनको नेतृत्व तहमा रहेका साथीहरुका बिचमा एकताको भावलाई प्रदर्शित गरेको छ । यस कार्यक्रमको सञ्चालनका क्रममा हाम्रा केन्द्रीय उपाध्यक्ष खेम थपलिया लगायतका साथीहरु पक्राउ परेपनि हामीले चुनौतीको सामना गर्याैं ।

इतिहासको असहज दिनमा पनि यसलाई सहजतातर्फ लग्ने कार्यमा लाग्यौं । संगठनको जिम्मेवार तहमा बसेर काम नगर्ने तर खबरबाजी गर्नेहरुलाई कामले नै जवाफ दियौं । संगठनको विभाजन चाहनेलाई जोरदार धक्का दियौं । भोलि बन्ने केन्द्रीय समितिलाई एकखाले चुनौती र उत्तराधिकार दियौं । आज जसले जति खिसिटिउरी गरेपनि भोलिको इतिहासले यसको मूल्याङ्कन गर्ने नै छ । यस्तो ऐतिहासिक परिदृश्यको साक्षीका रुपमा, यसको संयोजकका रुपमा कार्य गर्न पाउँदा मलाई अपार आनन्दको अनुभूति भइरहेको छ । यतिखेर म प्रलेसको केन्द्रिय समितिको टिम, यी परिसम्वादका वक्ता र यसमा भाग लिने सहभागी साथीहरुलाई सम्झिरहेको छुु। उहाँहरुले साथ नदिनु भएको भए यो कार्यक्रम कसरी सफल हुन्थ्यो र ?

आफ्नाे सङ्घर्षमय जीवन, बाँच्नुका पीडा र अभावका बिचमा, एक दुुर्गम स्थानमा जन्मेको मानिसले देशको राजधानीमा आएर जे जसरी एक लयमा यो कार्यक्रमको संयोजकका रुपमा काम गर्नसकेँ, यसमा मलाई गर्वबोध छ । प्रलेसको नेतृत्वमा भोलि पनि कोही न कोही त जिम्मा लिने मानिस आउलान, तिनले एकपल्ट प्रलेस परिसम्वादको गौरवमय, गतिशील यात्रा र यो यात्राका वाहक केन्द्रिय समितिलाई सम्झनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…