Logo बैशाख २८, २०७८ मंगलबार


‘सरकारका काम कम, कुरा बढी’

गुल्मी । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । मुलुकमा घटिरहेका हत्या, हिंसा र बलात्कारजस्ता घटनाको समेत सरकारले सत्यतथ्य छानबिन गर्न नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले दुई तिहाईको आडम्बमा मुलुकमा अधिनायकवादले प्रसय पाएको बताउनुभयो । वामपन्थीका नाराबाट नेपाली जनता झुक्किएको बताउँदै उहाँले नेपाली कांग्रेसका विचार र सिद्धान्त लिएर अब गाउँ पुग्ने बेला भएको बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भष्ट्राचारको जगमा सरकारले समृद्धिको आधार खोज्नु मुर्खता भएको बताउनुभयो । उहाँले भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न भन्ने प्रधानमन्त्री केपी ओली अहिले अख्तियार तर्साउने खेलमा लागेको आरोप लगाउनुभयो ।

त्यस्तै कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विचार, सिद्धान्त र कार्यकर्ता एकजुट भएपनि भ्रमले निर्वाचनमा आफूहरु पछि परेको बताउनुभयो । अबको पार्टीको प्रमुख कामनै पार्टी निर्माण र सरकारको खबरदारी भएकाले अर्को निर्वाचनमा आफूहरु एक्लैले दुई तिहाई मत प्राप्त गर्ने ठोकुवा गर्नुभयो ।

कांग्रेसका सह–महामन्त्री प्रकाश शरण महतले अहिलेको सरकार नाफा कमाउने कम्पनी भएको बताउनुभयो । उहाँले सरकारले विज्ञापन मार्फत कांग्रेसले गरेका कामको प्रचार गरेर आफुलाई स्थापित भएको आरोप लगाउनुभयो ।

सम्मेलनबाट संगठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म बलियो र सशक्त बनाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादती र भ्रष्टाचारको भण्डाफोर गर्ने, कांग्रेसको पक्षमा उभिएको जनलहरको शक्ति प्रदर्शन गर्नेलगायतका भावी रणनीति बनाउने जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ ले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…