Logo बैशाख २, २०७८ बिहीबार


नेपाली चलचित्र ‘अघोरी’ को टिजर सार्वजनिक


बिना श्रेष्ठ

काठमाडौं । राधादेवी कटुवालको प्रस्तुति नेपाली चलचित्र ‘अघोरी’को टिजर यसै साता सार्वजनिक भएको छ । अन्य चलचित्र भन्दा चलचित्र ‘अघोरी’को टीजर केही फरक देखिएको छ ।

दीक्षा पाठक कार्यकारी निर्माता रहेको चलचित्र ‘अघोरी मा राजु किराँतको द्वन्द, सुवास देवकोटाको सम्पादन, जीवन पराजुलीको छायांकन रहेको छ । त्यस्तै कथा, निर्देशन भोमन कटुवालको छ । । ‘अघोरी’ लभ, एक्सन र थ्रीलर चलचित्र रहेको निर्देशक कटुवालले जानकारी दिए ।

नायक प्रज्ज्वल गिरीले चलचित्रमा ‘अघोरी’को चरित्र निभाएका छन् । एउटा नयाँ तथा पृथक भूमिकामा अभिनय गर्दा आफूले निभाएको चरित्रलाई शुरुमा दर्शकले रुचाउने हुन कि होइनन् भन्ने शंका रहेको तर टीजर सार्वजनिक पश्चात दर्शकको राम्रो प्रतिक्रिया पाएको उनले फ्राइडे फिल्मसलाई बताए ।

चलचित्रमा प्रज्वल गिरीको साथमा नयाँ अनुहार सारदाराज्य लक्ष्मी शाह, मुनम मल्ल ठकुरीको साथै उमेश खड्का,सुरवीर पण्डित, शुसिल पोखरेल लगायतको अभिनय रहेको छ ।
चलचित्र २०७६ असोज १७ गते मात्र प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…