Logo बैशाख २, २०७८ बिहीबार


भिक्षु अश्वघोषको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । संघनायक भिक्षु अश्वघोष महास्थविरको आइतबार राजकीय सम्मानका साथ अन्तिम दाहसंस्कार गरिएको छ । राजधानिको विजयेश्वरीस्थित कर्णदिपमा उहाँको दाहसँस्कार गरिएको हो । मन्त्रिपरिषद्को आईतबार बसेको आकस्मिक बैठकले भिक्षु अश्वघोषलाई राजकीय सम्मान दिने निर्णय गरेको थियो ।

९३ वर्षीय भिक्षु अश्वघोषको शुक्रवार निधन भएको थियो । संघाराम भिक्षु तालिम केन्द्रमा भिक्षुको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाउनुभयो । प्रधानमन्त्री ओलीले २०४६ सालको जनआन्दोलपछि नै आफूले भिक्षुलाई चिनेको बताउनुभयो । उहाँले धर्मका माध्यमबाट मुलुकमा शान्ति स्थापना, लोकतन्त्र र लुम्बिनी विकासमा पुर्याउनुभएको योगदानको कदर गर्दै भिक्षु अश्वघोषलाई विशेष राजकीय सम्मान दिने निर्णय जानकारी दिनुभयो ।

पार्थिव शरीरमा दागबत्ती दिनुअघि भिक्षु अश्वघोषप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएकोश्रद्धाञ्जली सन्देश सुनाइएको थियो । ढल्कोस्थित संघाराम भिक्षु तालिम केन्द्रमा राखिएको भिक्षुको प्राथिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पूर्वउपप्रधानमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल, पूर्व उपप्रधानमन्त्री नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, उर्जा मन्त्री वर्षमान पुन ,सांसद् भिमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगाएतका प्रतिष्ठिक व्यक्तित्वको उपस्थिती थियो ।

भिक्षु अश्वघोष २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाको सांसद् हुनुहुन्थ्यो । २०५२ सालमा नेकपा एमालेको नौ महिने सरकारको पालमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति हुनुभएका भिक्षु बौद्ध मासिक पत्रिका आनन्द भूमि र धर्मकीर्ति बौद्ध पत्रिकाका प्रधान सम्पादक पनि हुनुुहुन्थ्यो । उहाँका नेपाल र नेपाली भाषा गरी करिब डेढ सय वटा पुस्तक प्रकाशित छन् । सन् २००२ सालमा म्यानमार सरकारले उहाँलाई ‘अग्गमहासद्धम्मजोतिक धज उपाधि’ले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।