सन्तानको आश : पोखरीमा डुबुल्की

रामभरोसी यादव
सिरहा ।
चिकित्सा विज्ञानले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्तिका लागि अनेकौं विधिहरु पहिल्याइ दिएको छ । चिकित्सा विज्ञानले त्यति सुविधा पुर्याएको भएपनि मानिसहरुमा सांस्कृतिक र धार्मिक आस्था कति छ भन्ने उदाहरण हो, सिरहाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने मेलामा ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ किनारमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको हरीसिंह देव मन्दिरमा भाकलगरी पोखरीमा नुहाएर पूजा गर्दा मनोकामना पुरा हुने जनविश्वास रहँदै आएको छ । पोखरीमा नुहाइ डुबुल्की मारी पोखरी भित्र शंकेकिरा, माछा, सर्प, माटो, ढुंगा जे पाइन्छ त्यहीँ लिएर घर जाँदा मनोकांक्षा पुराहुने विश्वास गरिएको छ । विज्ञान तथा प्रविधिले दुनियाँलाई जागेको अहिलेको अवस्थामा पनि आफ्नो मनोकामना पुरा गर्न यहाँ आउनेहरुको कुनै कमि आएको छैन ।

विशेषगरी सन्तान नभएका दम्पती सन्तान प्राप्तिको लागि यहाँ आउने गरेको सोही वडाका वडाध्यक्ष समेत रहेका ५६ वर्षीय हनुमान मण्डलले सुनाउनुभयो । विवाहको सातवर्षसम्म पनि सन्तान प्राप्त नभएपछि सन्तान माग्न भारत विहार सुपौलबाट सरितादेवी पासवान सन्तान माग्न हरीसिंहको शरणमा आउनुभयो । उहाँले आफ्ना आफन्त र यहाँको महिमा बेजोर रहेको भन्दै आफूपनि आएको सुनाउनुभयो ।

अहिलेसम्म जसले जे भाकल गरेका थिए उनीहरुको भाकल पुरा भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।