Nic

वडा कार्यालयमा तालाबन्दी

रुकुम । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१३ घेत्माको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नगरशिक्षा समितिले बालसेवा आधारभूत विद्यालयको तह घटाएको भन्दै स्थानीय अभिभावकले बुधबारदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

समितिले कक्षा ३ सम्मको पठनपाठन हुँदै आइरहेको विद्यालयको दुई तह घटाएर कक्षा एकसम्मको पठनपाठन हुने निर्णय गरेपछि स्थानीय अभिभावक आक्रोशित बनेका हुन् । यता, समितिले भने विद्यालयमा विद्यार्थीको संख्या न्यून रहेको भन्दै तह घटाइएको जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।