एभिन्युज टिभीकाे कार्यालय तोडफोड

वीरगंज । एभिन्युज खबर टेलिभिजनको वीरगंजस्थित ब्यूरो कार्यालय तोडफोड भएको छ ।

समाजवादी पार्टी नेपालका कार्यकर्ताले कार्यालयमा तोडफोड गरेको एभिन्युज खबर टेलिभिजनको आरोप छ ।

आइतबार साँझ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अन्तर्वार्ता प्रसारित भएपछि आक्रोशित कार्यकर्ताले ब्यूरो कार्यालयमा तोडफोड गरेको टेलिभिजनकाे आरोप लगाएकाे छ ।

१० जनाको समुहमा आएको युवाको समुहले कार्यालय तोडफोड गरेको हो ।कार्यालयमा रहेका क्योमरा, कम्प्युटर लगायतका सामग्रीमा तोडफोड भएको हो ।

घटनापछि दुवै पक्षलाई संयमता अपनाउन प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले आग्रह गर्नुभएको छ ।

घटनाकाे विषयमा अनुसन्धान भइरहेकाे वीरगंज प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…