Logo मंसिर ९, २०७७ मंगलबार


२ लाख ७५ हजार घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ

अनिल तिवारी
बारा । बाराको महागढिमाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षलाई अख्तियारको टोलीले २ लाख ७५ हजार घुससहित पक्राउ गरेको छ ।

उपभोक्ता समितिको अध्यक्ष बनाउन सहयोग गर्ने भन्दै वडाध्यक्ष रामजी प्रसाद चौरसिया ( बरैई) ले घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष चौरसियाले जिल्लाको सदरमुकामस्थित कलैयामा रहेको दुर्गा उच्च माविको खेल मैदानमा पैसा ल्याउन भनेका थिए । चौरसियालाई अख्तियारको टोलीले विद्यालयको खेलमैदानबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।