वैद्य र पौडेललाई साहित्य सदनको सम्मान

काठमाडौं । साहित्य सदन नेपालले एक कार्यक्रमकाबीच साहित्यकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

सदनले यसवर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘चैतन्य’ लाई प्रदान गरेको हो । पूर्वीय तथा पाश्चात्य दर्शनका ज्ञाता साथै हिमाली दर्शनको विकासमा योगदान पुर्याएबापत बैद्यलाई विशिष्ट समालोचकका साथै वौद्धिक तथा प्राज्ञिक पक्षको सम्मान गर्दै हृदयचन्द्र स्मृति सम्मान पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै सदनले संघर्षशील तथा साहसिक महिला साथै वरिष्ठ साहित्यकार कविता पौडेललाई ‘गोपालप्रसाद रिमाल पुरस्कार’बाट सम्मान गरेको छ । सामाजिक विकृति बिसङ्गतिविरुद्ध कलम चलाउँदै समाजलाई सकारात्मक दिशामा उन्मुख गराउन साहित्यिक योगदान गरेबापत पौडेललाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

पौडेलका धेरै आख्यानकृती, थुप्रै संस्मरण तथा कविताहरु प्रकाशित छन् । कार्यक्रममा सहभागिहरुले वैद्य र पौडेलको साहित्यिक योगदानको चर्चा गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।