Nic

लोकसेवा विज्ञापन विवाद : मन्त्रीले दिए चुनौती

काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित विभिन्न पत्रपत्रिकाले विद्यालयमै चार बालबालिकाले ज्यान गुमाएको खबरलाई प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।

मंगलबार जनता समाचार डट कममा पत्रकार महासंघले दिउँसै लालटिन बाल्ने, करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज’ ‘लोकसेवाको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण छैन’ लोकतन्त्रको अधिकार भन्दैमा प्रहरीको मुखमा हान्ने, लगायतका समाचारहरु प्रकाशित गरिएका थिए ।

कान्तिपुर दैनिकले लोकसेवा विज्ञापन विवादमा मन्त्रीले दिएको चुनौतीको विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।  संसदीय समितिले स्थानीय तहका कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशन औचित्यमा सरकारले प्रश्न उठाएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिलाई निर्णयको औचित्य पुष्टि गर्न चुनौति दिनुभएकाे छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले सेफ्टी ट्यांकी भत्किँदा ४ बालबालिकाको मृत्युको समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ । नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिदाँ चार बालबालिकाको मृत्यु भएको छ । ढक्कनमाथि खेल्दै गरेका ४ बालबालिकाको मृत्यु भएको हो ।

मुख्यमन्त्री राउतले वाचा पूरा गरेनन् शीर्षकमा नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अभिभावकत्व लिएकी बालिका लक्ष्मीनियाकुमारी दासले जातीय विभेदका कारण विद्यालय छाडेकी छन् ।

अभिभावकत्व मुख्यमन्त्रीले लिएपछि आमाबाबु छोरीको भविष्यप्रति ढुक्क बनेका थिए । तर नसोचेको भयो । सानो जातको भन्दै छुट्टै बसाउन, शिक्षकले पनि हेय भावले हेर्न थालेपछि छोरी विद्यालय छाडेकी छन् ।

४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास शीर्षकमा नयाँ पत्रिका दैनिकले छापेको छ । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । ४० करोड लागतमा प्रधानमन्त्रीको नयाँ निवास बनाउने सरकारकाे तयारी रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।