विप्लवका दुई कार्यकर्ता पक्राउ

कालिकोट । नेत्रविक्रम चन्द समूहका दुई नेता पक्राउ परेका छन् ।

जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक नविन वलीले बताउनुभयो ।

सेक्रेटरी शाही र विष्ट धाँचुगाउँमा आएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद ३०, युवा सङ्गठन नेपालको लेटरप्याड चार, पर्चा पम्प्लेट १०३, सिमकार्ड एक, मोबाइल दुई र पुस्तक आठ थान बरामद गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।