Logo आश्विन १५, २०७७ बिहीबार


कतारसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप, एसिया क्षेत्रीय फाइनल क्रिकेटमा अन्तर्गत मंगलबार भएको खेलमा नेपाल कतारसँग पराजित भएको छ ।

सिंगापुरको इंडियन एसोसियसन मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २२ रनको लक्ष्य कतारले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । कतारको जितको लागि इनाम उल हकले सर्वाधिक रन बनाए । उनले ६ चौकाको मद्धतले ४१ रन बनाए । यस्तै कमरान खान २२, जहिर इब्राहिम १२ र मोहम्मद तनवीरले ११ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २२ रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । पारस खड्का २८, ज्ञानेन्द्र मल्ल २३, सोमपाल कापीले ११ रन बनाउँदा अरु खेलाडीहरुले दोहोरो अंकको रन जोड्न सकेनन् । कतारका लागि एक्वाल हुसेनले सर्वाधिक तीन विकेट लिए । म्यान अफ द म्याच, कतारका इनाम उल हक बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।