जलवायु परिवर्तनको प्रभाव रोक्न वानस्पतिक भोजन

काठमाडौं । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जलवायु परिवर्तनको प्रभाव रोक्न वानस्पतिक भोजन उपयुक्त हुने निष्कर्ष निकालेका छन् ।

भू–उपयोग र जलवायु परिवर्तनका सम्बन्धमा विशेषज्ञहरुद्वारा गरिएको अनुसन्धानमा मासु र दुग्धजन्य पदार्थको उपभोगले गर्दा विश्वको तापमान बढेको पत्ता लागेको हो ।

पश्चिमी समाजमा अत्याधिक माछामासु उपभोग गर्ने बानीले समस्या बढाएको अध्ययनको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले शाकाहारी भोजन गर्ने बानी बसालेमा थोरै जमिनको उत्पादनले धेरै मानिसलाई आहार पुग्ने उल्लेख गरेको छ ।

अध्ययन कुनै शाकाहारी अभियान प्रेरित नभएको विज्ञहरुले प्रष्ट पारेका छन् ।

बदलिदो जलवायुका सम्बन्धमा राष्ट्रसंघले सञ्चालन गरेको अन्तर–सरकारी अध्ययनमा विश्वका १ सय ७ वैज्ञानिकहरुको सहभागिता रहेको जनाइएकाे छ ।

अध्ययनपछि स्वीजरल्याण्डको जेनेभामा सार्वजनिक प्रतिवेदनमा वानस्पतिक खाद्यपदार्थ उत्पादन गर्न जमिनको उपयुक्त प्रयोग गरिएमा उत्सर्जन भएको कार्बनडाइअक्साइड माटामै मिसिने जनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…