प्रदेश–२ को सिमरामा गाईजात्रा

अनिल तिवारी

बारा । काठमाडौंमा मात्र हुने गाईजात्रा पर्व यसवर्ष प्रदेश नम्बर २ को सिमरामा पनि हुने भएको छ । स्थानीय स्तरमा संयोजन गरिरहेको होटल तथा पर्यटन व्यवसायी संघ र सिमरा फाउण्डेश, बाराले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ १ गते बाराको सिमरामा गाईजात्रा प्रदर्शन हुने जानकारी गराएको हो ।

पछिलो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको जीतपुरसिमरा उपमहानगरको सिमरामा यस कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा आफूहरु उत्साहित रहेको भन्दै होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पर्यटकीय र औद्योगिक नगरीमा यो कार्यक्रमको निकै महत्व रहेको जानकारी दिनुभयो ।

गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेल सहित शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउने आयोजक होटल व्यवसायी संघका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

मुलुकको संघीय संरचना अनुसार सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रमको तयारी शुरु भएँंगै हास्य कलाकार गजुरेलको नेतृत्वमा ११ जना कलाकारले सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने भएका हुन् ।

सिमराको रोयल इभेन्ट मेनेजमेन्ट भेन्युमा आयोजना गर्न लागिएको कार्यक्रममा होटल व्यवसायी संघ र फाउण्डेशनले एक हजार पाँच सय र एक हजार गरी दुई किसिमका टिकट दर तय गरेको सिमरा फाउण्डेशनका अध्यक्ष महमद आरिफ हुसेनले जानकारी दिनुभएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन उक्त रकम खर्चिने र बचत रकम सामाजिक काममा खर्च गरिने हुसेनले बताउनुभयो ।

गाईजात्रा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतासहित पाँच सय जनालाई सहभागी गराउने तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…