वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको  निधन भएको छ । ९७ वर्षीय  दीक्षितको निमोनियाका कारण निधन भएको  हाे ।

गत साता सुमेरु अस्पतालमा भर्ना हुनुभएका दीक्षितलाई बुधबार ‘डिस्चार्ज’ गरी निवास (कालिकास्थान) ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दीक्षितलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।

दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन आज हुँँदैछ । फागुनमा पदावधि सकिने १९ मध्ये १८ राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा निर्वाचन…

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…