कसरी शुभकामना दिउँ बुबा हजुरलाई ?

न त सामाजिक संजाल न त मोबाइल फोन चलाउनु भो कहिल्यै
चलाउनु भो त जीवनभर केवल कुटो र कोदाली चलाउनु भो
बुबाको मुख हेर्ने दिनमा हजुरलाई शुभकामना दिन त मन छ,
न त धर्तीबाट स्वर्गसम्म आवाज नै पुग्छ,
अब म के माध्यामबाट शुभकामना दिऊँ बुबा हजुरलाई ।

मेरै भलाईको लागि २ रुपैयाँ साँचेर,
आफू भरी पेट नखाई दुःखी जीवन बाँचेर
दमको उपचार नै नगरी आफ्नो श्वासनली जलाउनु भो ।

सुनेको छु समान न्याय हुन्छ, स्वर्गमा भेदभाव र शोषण हुँदैन
त्यसैले लाग्छ, धर्तीमा हुँदा दमले छिया छिया भएको
हजुरको फोक्सो अहिले त सफा भयो होला
यहाँ मैलै समयमै राम्रो उपचार दिन सकिँन,
लाग्छ त्यहाँ पक्कै पनि हजुरको उपचार भयो होला ।

सायद त्यहाँ पनि हजुरलाई सबैले उसैगरी मन पराउँछन्
किनकि, त्यहाँ पनि हजुरले मन्त्र गरेकोे पानी छर्किंदा
कति दिन देखि झर्को गरिरहेका छिमेकीका साना साना बच्चाहरु,
सञ्चो लागेर खेल्न थाल्छन् होला ।

त्यहाँ पनि छिमेकीलाई डोको बुनिदिएर खुशी पार्नुहुन्छ होला है बुबा ?
कतिलाई त शुभ अशुभकार्यमा टपरी उनीदिएर खुशी पार्नुहुन्छ होला ।

हजुर २२ दिनको हाट पछि राजापुरबाट घर आईपुग्ने दिन,
जब म घरबाट अलि परसम्म लिन जान्थें
ज्वरोले थरथर काँपिरहेको ज्यूसँगै
पिठ्युँमा ७० केजीको नूनको भारी बोकेकै अवस्थामा
मलाई देख्दा ज्वरोको रङ्ग उड्ने गरी हजुर मुस्काएको
मेरो कलिलो बालमष्तिष्कमा अझै ताजै छ ।
हजुर त बानी परेको मान्छे मुस्काईहाल्नु हुन्थ्यो
तर त्यो बेला मलाई लाग्ने गथ्र्योेः हे भगवान मैले यस्तै भारी बोक्न नपरोस् ।।

डोकोमा नुनको भारी बोकेर मलाई अक्षर चिनाउनु भोे,
म झोलामा अक्षरको भारी बोक्दै अस्तित्व रक्षामा छु
फरक यत्ति हो, बुवाको त्यो डोकोमा नून थियो, योे झोलामा अक्षरहरु छन् ।

ती अक्षरमध्ये केही अक्षर हजुरलाई उपहार दिएर शुभकामना पठाउँन खोजेको
न त सामाजिक संजाल अनि न त कहिल्यै मोबाइल फोन चलाउनु भो ।
चलाउनु भो त जीवनभर केवल कुटो र कोदाली चलाउनु भो
अब म के माध्यामबाट शुभकामना दिऊँ बुबा हजुरलाई ।।

मलाई थाहा छ, मैलै शुभकामना पठाउन नसके पनि
हजुरले आर्शिवाद हिजै पठाइसक्नुभो होला ।
त्यसैले तपाई अझै हरतरहले मेरो प्रेरणाको श्रोत हुनुहुन्छ बुबा
तर पनि म के माध्यामबाट शुभकामना दिउँ बुबा हजुरलाई ।।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारपछि प्रतिकिलो २ सय…

काठमाडौं । उपसभामुखबाट राजीनामा दिनुभएकी डा. शिवामाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भइहेको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओली र नेकपाका…

प्रहरीले रमेशकै बयानका आधारमा मन्दिराको हत्या भएको पत्ता लगाउन सफल भएको हो ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो…