कुमार मोक्तान टोकियो । जापानमा रहेका नेपालीले तीज धुमधामसँग मनाएका छन् । जापानको कानागावा तीज फेस्टिवल भएको छ ।
कानागावा प्रिफेक्चरमा बसोबास गरिरहेका नेपालीहरुको संस्था नेपाली कम्युनिटी जापानले आइतवार तीज फेस्टिवल गरेको हो । योकोहामाको निसीचीकु सेन्टरमा आयोजित फेस्टिवलमा उल्लेख्य संख्यामा नेपालीसँगै जापानी नागरिक समेत तीज गीत र नाचमा रमाए ।
कार्यक्रममा संस्थाले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति घोषणा गरेको छ । २ वर्ष कार्यकाल रहेको कम्युनिटीको नयाँ कार्यसमितिमा हरि सापकोटा पुनः अध्यक्षमा चुनिनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा सिदार्थ श्रेष्ठ, महेश अमात्य, ध्रुवकुमार थापा,सचिवमा यमाकान्त कँडेल, सहसचिवमा प्रेमप्रसाद कँडेल, टिकाराम कँडेल, कोषाध्यक्षमा गणेशजंग राणा र सहकोषाध्यक्षमा जस्मिन जोशी कर्मचार्य रहनुभएको छ ।
कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथि जिज्ञानकुमार थापाले खानागावा नेपाली कम्युनिटी र जापानीबीचको राम्रो सम्बन्धका भएका कारण नेपालीलाई हेर्ने दृष्टिकोण नै सकरात्मक रहेको बताउनुभयो । निवर्तमान सचिव राजेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा महेन्द्र श्रेष्ठ, प्रकाश पौडेल माइला, सविता श्रेष्ठ, देवीलाल भण्डारी, राजु कंडेल, इन्दिरा सुजुकी, टिकाराम खरेल लगायतको उपस्थिति रहेको थियो ।
नेपालीसँगै जापानीहरुको समेत बाक्लो सहभागिता रहेको फेस्टिवलमा कलाकारहरु भावना आचार्य, सूर्य खड्का, अमित सापकोटा, खेमराज पौडेलको बेजोड तीज गीत प्रस्तुतिले सबैलाई नचाएको थियो ।