प्रचण्ड–वाङ भेटवार्ता जारी

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार बिहान र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । । नक्सालस्थित मेरियट होटलमा अहिले अध्यक्ष दाहाल र विदेशमन्त्री वाङबीच छलफल भइहेको छ ।

विदेशमन्त्री वाङले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग सोमबार बेलुका शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपतिसँगको भेटमा दुई मुलुकबीच आपसी हितबारे छलफल भएको छ । प्रधानमन्त्रीसँगको भेटमा विदेशमन्त्री वाङले नेपाल सरकारको अवधारणा समृद्ध नेपाल, सुखी नेपाली कार्यान्वयनमा चीनले सहयोग गर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले नेपाललाई कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

विशान्त्री वाङले सोमबार दिउँसो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुभएको थियो । मन्त्री ज्ञवाली र विदेशमन्त्री वाङबीच नेपाल–चीनबीच सहगोग सम्झौतामा हस्ताक्षर भएको छ ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।