आँखा फुटाएर महिलाको हत्या

नवलपरासी । नवलपरासीको गैडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको गरगहना लुटिएर हत्या भएको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० वर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन । उनको मंगलबार राति मृत्यु भएको भएपनि प्रहरीले बुधबार विहान मात्र मुचुल्का उठाएको थियो ।

उनको शव भान्छा कोठाको भाँडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको कान, टाउको र अनुहारमा चोट लागेको छ । धारियो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनको शरिरमा भएको गहना चोरी भएको प्रहरीले अनुमान गरेपनि के कति चोरी भएको खुलेको छैन । उनको तीन छोरा जापान र अष्ट्रेलियामा बस्दै आएका र उनी घर एक्लै बस्दै आएकी थिइन् । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।