सात वर्षपछि जहाज पुग्दा मनाङमा खुशियाली

(भिडियोसहित)

विक्रम न्यौपाने
मनाङ । स्तरोन्नति भएको ६ वर्षपछि मनाङमा परीक्षण उडान सफल भएको छ । तर नियमित उडान नहुने हो कि भन्ने भयमा छन् मनाङबासी । शुक्रबार पौने ९ बजे पोखराबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, संघीय सांसद पाल्देन छोपाङ गुरुङसहित १५ यात्रु लिएर समिट एयरको जहाज हुम्डे विमास्थल अवतरण भएको हो ।

परीक्षणका लागि उडान भरेको समिट एयरले असोज १० गतेदेखि नियमित उडान हुने बताएको छ । समिट एयरको जहाज उडेको २० मिनेटमै ३ हजार ३ सय  मिटर  उचाइको हुम्डे विमानस्थलमा सफल अवतरण भयो । अन्नपूर्ण पदमार्गमा पर्ने विमानस्थलमा २०३९ असोजबाट उडान शुरु भए पनि पछिल्लो ७ वर्ष यता उडान भएको छ । संघीय सांसद पाल्देन छोपाङ गुरुङले मनाङको एकमात्र विमानस्थलमा जहाज नियमित हुन सके पर्यटन प्रवर्दनसँगै बिरामी, वृद्धवृद्धालाई सहज हुने बताउनु भयो ।

परीक्षण उडान सफल भएपछि निरन्तरता दिने प्रयासमा छ गण्डकी प्रदेश सरकार । पाइलट अभाव, महँगो भाडा र यात्रु कम हुने हँदा हिमाली क्षेत्रमा उडानमा घाटा हुने भन्दै विमान कम्पनी उडान भर्न अनिच्छुक देखिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तर प्रदेश सरकार सहुलियत दिएर भए पनि उडान निरन्तर गराउने योजनामा जानकारी दिनुभयो ।

समिट एयरले असोज १ गतेदेखि नियमित उडान गर्ने जनाएपछि हेलिकप्टरकाे महँगो भाडाबाट उन्मुक्ति पाइने आशमा छन् मनाङबासी । कर्मचारी, शिक्षक, व्यवसायीसँगै पर्यटकलाई समेत सहज बन्ने छ मनाङ बसाइ ।  मनाङका सामाजिक अभियन्ता त्रिपल गुरुङले उडान नियमित गर्नसके मनाङको जनजीवन सहज हुने बताउनुभयो । ९ करोड रुपैयाँ खर्चेर ६ सय मिटरको धुले धावनमार्ग स्तरोन्नति गरी ९ सय मिटर कालोपत्रे गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?