‘संविधान कसैको लहड र रहरमा संशोधन हुन्न’

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधान कसैको रहर वा लहडमा संशोधन नहुने बताउनु भएको छ ।उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशील र संशोधन गर्न मिल्ने दस्तावेज भएतापनि कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने धारणा व्यक्त गर्नुभएको हो ।

संविधान दिवस पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा उहाँले आवश्यक्ता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेलले संविधान भित्रै संशोधनको प्रावधान राखिएको उल्लेख गर्दै केहीकेही मानिसले त्यसविरुद्ध वकालत गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले संविधान हतारोमा जारी गरिएको भन्ने तर्क सैह्य नहुने चेतावनी दिनुभयो । सबै राजनीतिक दलको कार्यसूची अनुसार जारी भएको संविधानलाई हतारोमा जारी गरिएको भन्नु आफैंमा खण्डनीय तर्क हुने उहाँको दाबी छ ।

उपप्रधानमन्त्री पोखरेलले विधि, प्रक्रियासम्मत ढंगले जारी गरिएको संविधान विभिन्न कोणबाट हतारोमा जारी गरिएको भन्ने भनाई आएको उल्लेख गर्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…