सनराइज बैंकको नयाँ शेयर योजना

काठमाडौं । सनराइज बैंकले शेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने भएको छ । बैंकले मंगलबार पत्रकार सम्मेलन गरी असोज ८ गतेदेखि एक अर्व रुपैयाँ बराबरको १० करोड इकाई युनिट सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको जानकारी गराएको छ ।
सेयर बजारमा लगानी गर्न फन्ड संचालन गर्न लागिएकाले सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जानकारी गराउनुभयो ।
बैंकले सेयर बजार नघटने निष्कर्ष निकाल्दै लगानीकर्तालाई त्यो फण्डबाट वार्षिक २४ प्रतिशत प्रतिफल र औंसत वार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ ।
सनराइज फण्डले कूल निष्काशन गर्न लागेको १० करोड इकाई मध्ये १५ प्रतिशत ९१ करोड ५० लाख प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री गर्न लागिएको सनराइज क्यापिटलले जनाएको छ ।