‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन पर्यटकीय गन्तव्यमा

कविता खड्का
भोजपुर । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका पर्यटकहरुले भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन पर्यटकीय क्षेत्रभित्र पर्ने प्रतिक्रिया दिएका छन् ।

हालसम्म ४३ पर्यटकीय क्षेत्रको भ्रमण गरेकोमा ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीनभित्र परेको उनीहरुले प्रतिक्रिया दिएका हुन् ।

नेपाल सरकारको उत्कृष्ट सय पर्यटकीय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि पहिलो पटक आएका सातजना अमेरिकी पर्यटकलाई बिदाई गरिएको छ । दश दिनसम्म ट्रेकिङमा गएका उनीहरुले मुन्दुम ट्रेल भित्र पर्ने मैयुङडाँडा, टेम्केडाँडा, हाँस पोखरी लगाएतका स्थलहरुको भ्रमण गरेका छन् । मौसम खराब भएका कारण सिलिचुङसम्म भने पुग्न नसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ध्रुवराज राईले प्रतिकुल मौसमको सामना गर्दैै गाउँपालिका क्षेत्रको पर्यटकीय स्थलको भ्रमण गरेकोमा उनीहरुलाई धन्यबाद व्यक्त गर्नुभयाे । उहाँले मुन्दुम ट्रेलको आफ्नो ठाउँमा प्रचार प्रसार गरिदिन समेत आग्रह गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…