निर्माण व्यवसायी संगठन सुदूरपश्चिम संयोजकमा धामी

भिम चौधरी
कैलाली । नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

धनगढीमा आयोजना भएको एकता भेला तथा तदर्थ समिति गठन कार्यक्रममा सह–संयोजकमा देबबहादुर चन्द पूर्ण अधिकारीलाई चयन गरेको छ ।  संगठनको सचिवमा दानबहादुर साउँद, सह–सचिवमा कमलेस कपाडी, कोषाध्यक्षमा शक्ति पन्त बिष्ट र सह कोषाध्यक्षमा अदल चौधरीलाई चयन गरिएको छ ।
सदस्यमा भानुभक्त जोशी, रामदत्त जोशी, दशरथ जोशी, बमबहादुर खड्का, खगेन्द्र रावत, मानबहादुर नाथ,  केशव साउँद, शेरबहादुर बोहोरा, जयन्द्रसिंह यतवाल, सुधिरप्रसाद भट्ट, पदम भण्डारी, नयन बम, योगेन्द्र चन्द, दिपेन्द्र कुँवर, चन्द्र कार्की चयन हुनुभएको छ ।

एकता भेला तथा तदर्थ समिति गठन कार्यक्रम कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रमको अध्यक्षता नेपाल निर्माण व्यवसायी संगठनका सुदूरपश्चिम प्रदेश संयोजक वीरबहादुर बुढाथोकीले गर्नुभएको थियो ।

कार्यक्रमा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरा, नेपाल निर्माण व्यवसायी संगठनका संयोजक यक्षध्वज कार्की, सह–संयोजक खोपनिधी लोहनी, केन्द्रीय सदस्य लंकबहादुर के.सी., नेकपा सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।