Logo फाल्गुन १२, २०७७ बुधबार


सरकारी कार्यालयमा भनसुन र घुस व्याप्त

काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले बिहीबार फरक – फरक विषयका समाचारलाई प्राथमिकत दिएर प्रकाशित गरेका छन् ।

बुधबार जनता समाचार डट कम मा सांसद पार्वत गुरुङलाई ‘वारेन्ट’ जारी, एनआरएनएमा दुई पक्षीय भिडन्त, को–को छन् उम्मेदवार रु (सूचीसहित), ‘चियापान कार्यक्रम सम्बन्ध सुधार्ने माध्यम’, ‘कोही खान नपाएर र कोही बढी खाएर मर्ने स्थिति छ’, बसले किच्दा बालकको ज्यान गयो, क्षतिपूर्ति माग गर्दै बजार बन्द, स्कुटी दुर्घटनामा एकको मृत्यु र सांसद साहमाथि अनुसन्धान गर्न चार दिनको म्याद लगायतका समाचार प्रकाशित गरिए ।

राजधानी दैनिकमा सरकारी कार्यालयमा अझै भनसुन र र घुस बढिरहेको र यही कारण संघीयतामाथि चुनौती थपिएको विषयमा प्रमुख समाचार छापिएको छ । समाचारमा उल्लेख भए अनुसार कर्मचारीहरुमा सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ती बढेको छ । अधिकांश कर्मचारीले घुस खाँदै उम्कदै गरिरहेको पाइएको समाचारमा लेखिएको छ । प्रशासनविद् शारदाप्रसाद त्रितालले सरकारी कार्यालयमा व्याप्त घुसखोरी, भनसुन र सोर्सफोर्सका कारण संघीय शासन प्रणालीको मान्यतामाथि नै दख्खल पुर्याइरहेको र त्यस्ता प्वृत्तीले सेवा प्रवाहमा पक्षपात हुने र निष्पक्ष हुन नसक्ने हुनाले संघीय प्रणली नै कमजोर बन्ने बताउनुभएको समेत पत्रिकामा उल्लेख छ ।

नागरिक दैनिकमा गरिबी निवारणमा अर्बौं लगानी गरिएको भएपनि अझै विपन्न नागरिकको संख्या एक चौथाइ रहेको समाचारले मुख्य स्थान पाएको छ । समाचारमा उल्लेख भए अनुसार लक्षित वर्गको पहिचान अभाव, कार्यक्रममा दोहोरोपना, पटके हिसाबले सत्तचालनजस्ता कारण पनि गरिबी निवारण कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

गोरखापत्र दैनिकले नेकपाको चियापान समारोहबारे समाचारलाई पहिलो पृष्ठमा समेटेको छ । समारोहमा प्रधानमन्त्री केपी ओलीले छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारी मुलक विकास र समृद्दिको बाटोमा अघि बढ्नसक्ने बताउनुभएको थियो । प्रधानमनत्रीले शुधकामना मन्तव्यका क्रममा ससाना स्वार्थका कारणले देशमा विकास हुन नसकेकोमा जोड दिनुभएको समाचारमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…