२० करोड मूल्यको हिरा चोरी

जापान । टोकियोमा २० करोड रुपैयाँ भन्दा बढी मूल्यको हिरा चोरी भएको छ ।
जापनी प्रहरीका अनुसार १८ लाख अमेरिकी डलर मूल्य पर्ने हिरा शुक्रबार चोरी भएको हो । टोकियोमा आयोजित गरगहण व्यापार प्रदर्शनीको क्रममा हिरा चोरी भएको समाचारमा जनाइएको छ ।
हराएको बहुमूल्य हिरा खोज्न प्रहरी परिचालन गरिएको जापानी प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।
पचास क्यारेटको यो हिरा जापान, रुस, चीन तथा अरु विभिन्न देशका प्रदर्शनीमा राखिएको जनाइएको छ ।