काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।
शुक्रबार जनता समाचार डटकम मा प्रदेशसभाको लागि नेकपाबाट ६ जना सिफारिस, ‘कानुन बनाउनेले नै व्यभिचार गरेपछि’, माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा लगानी जुट्यो, वनभोजबाट फर्केको ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, सापकोटाको ‘समीकरण जिन्दगीको’ सार्वजनिक, कांग्रेस मुख्यालयमा नाराबाजी, देउवालाई बाटो छेकियो र तरुण दलका अध्यक्ष पेस्तोलसहित समातिए लगायतका शीर्षकमा समाचार छापिए ।
अन्नपूर्ण पोष्ट् दैनिकले ‘ओहोदाको मर्यादा राखेको’ जिकिर शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । समाचार अनुसार बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्द राजनितिक रुपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलातकार गरेको आरोपको प्रतिवाद गर्दै महराले आफूले सभामुख पद र ओहोदाको मर्यादा राखेको बयान दिएका हुन् ।
महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा पाँच घण्टा लामो ‘इन्कारी बयान’ दिएको पत्रिकाले उल्लेख गरेको छ ।
कान्तिपुर दैनिकमा मिर्गौला डायलासिस गरेर बिहीबार बेलुका निवास फर्किनुभएका प्रधानमन्त्री केपी ओलीले नियमित भेटघाट रोकेर शुक्रबार आराम गर्नुभएको समाचारलाई मुख्य समाचार बनाएको छ । चिकित्सकहरुले धेरे आराम जरूरत रहेको भन्दै भेटघाट र बैठक नगर्न सुझाव दिएको पत्रिकाले लेखेको छ । यसैबिच प्रधानमन्त्रीले शनिबार बिहान १० बजेका लागि सचिवालय बैठक बोलाउनुभएको छ ।