पूर्वाञ्चल गोल्डकपमा आयोजकमाथि सिक्कमको सहज जित

झापा । पाहुना टोली आक्रमण एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि शुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलको फराकिलोले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बराबरी बल पोजिसनमा सिक्किमका लागि दुवै गोल करण राईले गरेका थिए ।

आक्रामक खेलमा सिक्किमका करण राईले खेलको २९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षी गोल पोस्टको आक्रमण आयोजकले धेरै बुने पनि स्कोर भने सिक्किमले गर्दा आयोजकको लय केही बिग्रिएको थियो । आयोजकका गोलरक्षक अभिषेक रिजालको हातबाट फुत्केको रिबाउन्ड बललाई करणले गोल पोष्टको दिशा दिएका हुन् ।

पहिलो हाफ १–० गोलको नतिजामा टुंगिए पनि दोस्रो हाफमा आयोजकको गोलपोस्टमा गोलवर्षा भएको थियो । जसमा दोस्रो हाफको ६ मिनेटमै थप गोल गरेर सिक्किमका करण राईले उत्कृष्ट प्रदर्शन देखाए । करणको आक्रमणलाई आयोजकका गोलरक्षक अभिषेक रिजालले कुनै अन्दाज नै लगाउन सकेनन् ।

२–० गोलले पछि परेको अवस्थामा आयोजकले खेलको १५औँ मिनेटमा गोल गर्न सफल भयो । आयोजकका तपन कार्कीले उत्कृष्ट गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । खेलमा आयोजकले सिक्किमको गोल पोष्टमा थुप्रै आक्रमण बुने पनि गोलरक्षक मनोज प्रधान विफल तुल्याइदिएका थिए ।

यसैबीच, सिक्किमका गणेश लिम्बूले खेलको ३८औँ मिनेटमा थप गोल गरेर ३–१ गोलको फराकिलो नतिजा बनाउन सफल भए । यस्तै, करण राईले खेलको ४०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

४–१ गोलको फराकिलो नतिजामा आयोजकका टंकु लामाले गोल गरेर दूरी कम गर्ने प्रयास गरे पनि जीतका लागि सम्भव भएन । इन्जुरी समयमा सिक्किमका करण राईले थप गोल गर्दै व्यक्तिगत ४ गोल गर्न सफल भए ।

खेलको म्यान अफ दी म्याच सिक्किमका करण राई घोषित भए । उनले नगद १० हजार पाए ।

जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । आइतबार झापा ११ एफसीले नेपाल पुलिस टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।

यसअघि भएको औपचारिक कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गोल्डकपको उद्घाटन गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…