कालापानीमा भारतीय हस्तक्षेपबारे राष्ट्रसंघ गुहार्नुपर्छ

दार्चुलाको लिम्पियाधुरा क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नका लागि वार्ताले सम्भव नभए राष्ट्रसंघलाई गुहार्नुपर्ने धारण विज्ञहरुले बताएका छन् ।
जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा विभिन्न क्षेत्रका विज्ञहरुले लिम्पियाधुरा नेपालकै भूभाग रहेको प्रमाण पेश गर्दै यसअघिका सरकारले कालापानीबाट भारतीय सेना फिर्ता गर्न पहल नगरेका कारण भारतलाई हाइसञ्चो भइरहेको बताए । २०१८ सालमा आफू नेतृत्वको टोलीले जनगणना गराएको स्मरण गर्दै वरिष्ठ पत्रकार भैरव रिसालले अहिले सरकारले भारतसँग सेना फिर्ता गर्नका लागि कुटनीतिक पहल शुरु गर्नु खुशीको विषय भएको बताउनुभयो ।
महाकाली नदीलाई साझा नदी नमान्ने नियतस्वरुप भारतले नदीको मुहाननै परिवर्तन गर्ने गरी काम गरिरहेको र हाम्रा शासकहरुले त्यसको प्रतिवाद गर्न नसक्दा नेपाली भुमि भारतले हडपेको विज्ञहरुको धारणा छ ।
वरिष्ठ पत्रकार भैरव रिसाल, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, सीमाविद् पुण्यप्रसाद ओली, राजनीतिक विश्लेषक भरत दाहाल, महाकाली नदीका जानकार ऋषिराज लुम्साली र कालापानी पुगेका साहित्यकार नन्दु उप्रेतीसँगको कुराकानीः