गुगल म्यापमा समावेश गरी भारतद्वारा १७ सय हेक्टर नेपाली भूमि कब्जा

शम्भु दाहाल
झापा । भारतसँग सीमा जोडिएको झापा जिल्लाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भूभाग भारतले अतिक्रमण गरेको तथ्य फेला परेको छ । भारतले अहिले झापाका ती क्षेत्र आफ्नो ‘गुगल म्याप’ मा समावेश गरेसँगै यो तथ्य बाहिर आएको हो ।

भारतले पूर्वको सिमाना झापाको मेची नदीको विभिन्न ८ तटीय क्षेत्र, मेचीपारिको गाउँ, कचनकवलको पाठामारी, साबिक महेशपुर, लगायतका ठाउँहरुमा नेपाली भूभाग मिचिएको स्थानीय तथा सिमाविद्हरुले बताएका छन् । कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीपारिको सन्थालवस्तीको ७ घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भूभाग २०५२ सालअघि नेपालमै थियो । तर भारतीय प्रशासन, सुरक्षा फौज तथा भारतीय नागरिकले विभिन्न बहानामा नेपाली भूभाग आफ्नो भएको दाबी गर्ने गरेको भद्रपुर–३, मेचीपारि गाउँका श्रीप्रसाद महत्तोले बताए ।

१०४ र १०५ नम्बर सीमा पिलरले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर भी आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ । २०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भूभागबाट मेचीनदी बगेको इतिहास छ । १०४ नम्बर पिलर नजिकै भारतको सन्थालबस्ती छ । पहिला त्यो बस्ती नेपालमा थियो । नेपालको धनिपूर्जा भएका स्थानीय २० वर्षपछि भारतीय नागरिक भएको भारतीय नागरिक सम मुर्मु बताउँछन् ।

भारतमा ब्रिटीस शासन भएको बेला नेपाल भारतबीच भएको सुगौली सन्धि बमोजिम दुवै देशको सीमा जङ्गे पिलरले छुट्याइएको थियो । जङ्गे पिलरलाई सीमा पिलर मानेर सिमावर्ती आसपासका क्षेत्रमा वर्षौदेखि नेपाली बसोबास गर्दै आइरहेका थिए । पूर्वको सिमाना मेचीनदीको वहाव परिवर्तन र बाढीका कारण सिमास्तम्भ बगाउँदा भारतले २०४३ सालतिर सीमा मिच्न शुरु गरेको पाइएको छ ।

२०५२ सालमा आफूले भोगचलन गर्दै आएको नेपाली भूमीको धनीपुर्जा बनाउन खोज्दा पुरै भूमि भारततर्फ परेपछि झापाबासीलाई समस्या परेको प्राध्यापक तथा सिमाविद् चिन्तामणि दाहालले बताए ।

पटक पटक भारतीयले दादागिरी शैलीमा वर्षौंदेखि नेपाली भूमी कब्जा गरिरहँदा पनि स्थानीय प्रशासन र सरकारले खासै चासो नदिएको सिमावर्ती क्षेत्रका नागरिकको गुनासो छ । नेपालतर्फ दशगजा क्षेत्रको सुरक्षा प्रभावकारी नभएकाले सिमामा भारतीयको दबदबा वर्षौंदेखि रहेको उनीहरुको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…