कुटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न सुझाव

काठमाडौं । विवादित् बनेको नेपाल-भारत सीमाबारे छलफलका लागि कुटनीतिक माध्यम प्रयोग गर्न परराष्ट्रविदहरुले सुझाव दिएका छन् ।

काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानले गरेको छलफल कार्यक्रममा परराष्ट्रविदहरुले सीमा विवाद सुल्झाउन चरणवद्ध रुपमा कुटनीतिक तवरमा वार्ता गर्न सुझाव दिएका हुन् ।

छलफलमा परराष्ट्र मामिलाका प्राध्यापक डा. खड्ग केसी र पूर्वसचिव ज्ञानचन्द्र आचार्यले अहिले वार्ता गर्ने उपयुक्त समय भएकाले नेपालले सचिव स्तरमा वार्ता थाल्न पहल गर्नुपर्ने बताउनुभयो । डा. केसीले विवाद मिलाउन कुटनीतिक प्रणाली नै राम्रो विकल्प भएको बताउनुभयाे । छलफललाई निष्कर्ष दिन मन्त्री स्तरीय र प्रधानमन्त्री स्तरीय वार्ता पनि आवश्यक पर्ने बताउँदै डा. केसीले परराष्ट्रमन्त्रालयमा सचिव स्तरीय वार्ता शुरु गर्न आग्रह गर्नुभयो ।

पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले राजनीतिक संवादको थालनी उच्चस्तरमा गरिए पनि औपचारिक रुपमा वार्ता सचिवस्तरमा नै गर्न आग्रह गर्नुभयो । तर वार्तामा बस्नु अघि दस्तावेज र प्रमाणहरु संकलन गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागी हुनु भएका पूर्वसचिव मधुरमण आचार्यले भने सीमा सम्बन्धी विवाद राजनीतिक रुपमा छलफल गरेर सहमति गरेपछि मात्र प्राविधिक र प्रसाशनिक रुपमा वार्ता गर्नुपर्ने बताउनुभयो । उहाँले कुटनीतिक तवरले वार्ता थालियो भने मुद्दा ओझेलमा पर्ने तर्कसमेत गर्नुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानले नेपाल र भारतबीच देखिएको विभिन्न क्षेत्रका सीमा विवाद बारे स्थानीय जनता र जनप्रतिनिधिसहित विज्ञहरुसँग छलफल गरेको छ । छलफलको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…