‘अपाङ्गताको अधिकार कार्यान्वयनमा ध्यान दिनुपर्ने’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
एसियाली वाैद्धिक सुस्त मनस्थिति महासंघले मंगलबार राजधानीमा आयोजना गरेको २४ औं वौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताउनुभयो ।
अपाङ्गता भएका मानिसहरुको मानव अधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरिपनि स्टिफन हकिङजस्ता महान व्यक्तिहरुको जन्म हुने उहाँले उल्लेख गर्नुभयो ।
पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिस फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणनाअनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेका छन् ।