Logo ८ असार २०७८, मंगलवार


प्रदेश २ सरकारको विकास खर्च निराशाजनक

जनकपुरधाम । आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकसम्ममा प्रदेश २ सरकारको विकास खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्ममा विकास बजेटको १ प्रतिशत रकमसमेत खर्चिन सकेको छैन् ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सरकारले विकास (पुँजीगत) बजेट ०.८३ प्रतिशत मात्र खर्च गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख, चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख र वित्तीय व्यवस्थातर्फ २० करोड गरी कूल ३८ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये प्रदेश सरकारले कात्तिक मसान्तसम्म पुँजीगततर्फ १५ करोड ८९ लाख र चालुतर्फ ७५ करोड ९४ लाख गरी कूल ९१ करोड ८४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख विनोद गेलालले जानकारी दिनुभयो ।

विकास बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले पहिलो चौमासिकमा चालु खर्चसमेत ३.९४ प्रतिशतभन्दा बढाउन सकेको छैन् । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले कात्तिक मसान्तसम्म पुँजीगततर्फ धनुषामा कूल बजेटको सबैभन्दा कम १.५७ प्रतिशत रकम खर्च गरेको छ । सर्लाहीमा चालु आवका लागि विनियोजित ९८ करोड ९४ लाख बजेटमध्ये ५ करोड ५८ लाख रुपैयाँ मात्र खर्च गरेको छ, जुन विनियोजित बजेटको ५.६५ प्रतिशत हो ।

रौतहटमा कूल ८८ करोड ३६ लाख विनियोजन गरिएकोमा कात्तिकसम्म ५ करोड ८३ लाख रुपैयाँ मात्र खर्च भएको तथ्याङ्क छ जुन रौतहटमा विनियोजित बजेटको ६.६० प्रतिशत मात्र हो । यसैगरी बारामा कूल ७५ करोड ४८ लाख बजेट विनियोजन गरिएकोमा ६.६२ प्रतिशत मात्र खर्च भएको छ । सप्तरीमा कूल विनियोजित बजेटमध्ये ७ प्रतिशत, महोत्तरीमा ७.९८ प्रतिशत, सिरहामा ९.८५ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश २ सरकारले १५ अर्ब ९६ करोड ३४ लाख ४ हजार ९२ रुपैयाँ ६४ पैसा खर्च गरेको छ । जसमध्ये चालु तर्फ ६ अर्ब ६३ करोड ९ लाख ३९ हजार ४ सय ५८ रुपैयाँ ५५ पैसा र पुँजिगत तर्फ ८ अर्ब ४६ करोड ५४ लाख ४ हजार ६ सय ३४ रुपैयाँ ९ पैसा अर्थात ५१.५५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…