प्याराग्लाइडिङमा प्रदेशकै नमुना बन्दै इलाम

भगीरथ भण्डारी
इलाम । इलाम नगरपालिका–३ को पुवामझुवामा प्याराग्लाइडिङ परिक्षण गरिएको छ । एक औपाचारिक कार्यक्रमकै आयोजना गरी इलाममा पहिलो पटक दुइ हजार प्याराग्लाइडिङ परिक्षण गरिएको हो ।
दुई हजार मिटर उचाईमा रहेको छेलेथुम्की डाँडाबाट उडान गरी प्याराग्लाइडिङ थलथले खेल मैदानमा ल्यान्ड गरीएको थियो । प्याराग्लाइडिङ र साहसिक पर्यटनमा विश्व किर्तिमान बनाएका द बाबु एड्भेन्चरका संचालक सानोबाबु सुनुवारले इलाम प्याराग्लाइडिङका लागि प्रदेशकै नमूना हव बन्न सक्ने र त्यसका लागि पुर्वाधारका अलावा दक्ष जनशक्ति उत्पादनका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा इलाम नगरपालिका उपप्रमुख शुशीला नेम्वाङले साहसिक पर्यटनको विकासमा सम्भावना बलियो भएको र स्थानीय युवाको सपना साकार भएकोमा खुशी व्यक्त गर्नुभयो ।