ढुङ्गा हानेर मारियो घलेलाई, दुईजना पक्राउ

इलाम । सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार चोटपटक र निलडामसहित मृत अवस्थामा भेटिएका घलेको हत्या अभियोगमा बुधबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ विजनबारी घर भएका २९ वर्षीय विजय घले र स्थानीय २८ वर्षीय समुन घले रहेका छन् । घटना भएको राति उनीहरु दुईजना विमलसँगै भएकाले हत्या उनीहरुले नै गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

सोमबार बिहान नजिकैको खोल्सीमा विमललाई मृतावस्थामा भेटिएको थियो। शव परीक्षण गरी मङ्गलबार परिवारलाई जिम्मा लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…