नेपाल प्रहरीमा १८०५ जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा १ हजार ८ सय ५ जनालाई जागिर खुलेकाे छ ।  प्रहरीमा रिक्त रहेका विभिन्न पदमा पदपूर्तिका लागि भर्ना आव्हान गरिएको हाे।

नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १ सय ४९ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ प्रहरी जवानमा १ हजार ७२ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै वटा प्रदेश प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । यस्तै प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर .(हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने व्यवस्था छ ।

भर्नाका लागि माघ ५ गतेदेखि फागुन ११ गतेसम्म सम्बन्धित कार्यालयमा दरखास्त फारम लिन तथा बुझाउन सकिने जनाइएको छ । भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…