गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
१.सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका लागि नामहरु सिफारिस गर्ने सत्तारुढ नेकपा र नेपाली कांग्रेसका शीर्ष नेताबीच सहमति ।२.सिफारिस समितिले दिएअनुसारकै नाम नियुक्तिका लागि पठाउने सहमति भएको नेताहरुद्वारा जानकारी ।३.पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको सिफारिस समितिले सत्य निरुपण आयोगको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट गणेशदत्त भट्टको नाम गरेको छ सिफारिस ।४.बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदीको नाम सिफारिस ।५.सिफारिशहरुलाई मन्त्रिपरिषद बैठकले नियुक्ति गर्ने प्रावधान ।६.अमेरिकी सहयोग निकाय एमसीसीको अनुदान सहायता राष्ट्र हितमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाको दाबी ।७.नेपालकै आग्रह एमसिसी आउन लागेको अध्यक्ष थापाको भनाइ ।८.एमसीसी परियोजनमार्फत् पाँच बर्षभित्र करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने गरी आउन लागेको भन्दै रकम स्वीकार गर्नु नेपालको हितमा रहेको जिकिर ।९.सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादको असर संघीय सदनमा देखिएको भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन पनि अध्यक्ष थापाको माग ।१०.पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना निर्धारित समयभित्र नहटाइएमा आफैंले हटाउने कोषको चेतावनी ।११.अवैध संरचना हटाउन कोषले दिया सात दिने अल्टिमेटम ।१२.पशुपतिभित्र व्यापार तथा बसोबास गर्दै आइरहेकाहरूले अनुमति लिनुपर्नेमा अधिकांशले अनुमति नलिएको कोषको दाबी ।१३.अवैध संरचनाले पशुपति क्षेत्रको सौन्दर्यताका साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेका कोषको ठहर ।१४.अतिक्रमणको चपेटामा परेको टुँडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्यले शुरु गरिएको अकुपाई टुँडिखेल अभियान ११ औं हप्तामा ।१५.अकुपाईं टुंडिखेल अभियानको ११ औं हप्ताको अवसरमा आज हामी नबिर्सौ नामक फोटो प्रदर्शनीको आयोजना ।१६.खुलामञ्चलाई अतिक्रमण मुक्त गर्न गुठी विधेयकको विरोधमा जस्तै जनताहरु सडकमा ओर्लिए सरकारलाई गाह्रो हुने कांग्रेस सांसद भीमसेनदास प्रधानको भनाइ ।१७.नेपालबाट अष्ट्रेलिया पढ्न जाने मध्यवर्गीय विद्यार्थीका लागि अष्ट्रेलियाले दिने छात्रवृतिमा बृद्वि गर्न सरोकारवालाहरुको सुझाव ।१८.नेपाली मध्यवर्गका विद्यार्थीलाई अष्ट्रेलियाले दिने छात्रवृतिमा बृद्वि गर्नुपर्नेमा अइरी नेपालको दोस्रो साधारणसभाका सहभागीहरुको जोड ।१९.पछिल्लो समय विदेशमै पढेर विदेशलाई आफ्नो कर्मभूमि बनाउनेहरुका कारण देशमा दक्ष जनशक्तिको भइरहेको गुनासो ।२०.विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्न सके नेपालको शैक्षिक अवस्था र गुणस्तरमा वृद्धि हुने तर्क ।२१.अइरी नेपालले विगत दुई वर्षदेखि नेपालमा विदेश पढ्न जाने विद्यार्थीका लागि दिँदै आएको छ सल्लाह, सुझाव र परामर्श ।२२.प्रदेश ५ कै सबैभन्दा ठूलो जलविद्युत आयोजनाको रुपमा लिइएको माडी जलविद्युत आयोजना निर्माण कार्य शुरु ।२३.रोल्पाको माडीखोलामा निर्माण हुने माडी जलाशयुक्त जलविद्युत् आयोजनाका लागि ऊर्जा वर्षमान पुनद्धारा सम्पर्क कार्यालय उद्घाटन ।२४.१ सय ५६ मेगावाटको माडी आयोजना बन्यो प्रदेश नं. ५ कै सबैभन्दा ठूलो जलविद्युत् आयोजना ।२५.आयोजना निर्माणका लागि ३२ अर्ब २० करोड रुपैयाँ लाग्ने निर्माण कम्पनी हाइड्रो इलेक्ट्रीसिटीको भनाई ।२६.१ सय ७० मिटर अग्लो बाँध बनाउँदा ७ दशमवल ५ वर्गकिलोमिटर क्षेत्रफलमा जलाशय हुने र ५१ दशमलव ७ करोड घनमिटर पानी जम्मा हुने जानकारी ।२७.बाँकेमा पछिल्लो समय मुद्धा दर्ता गर्ने क्रम बढेका जिल्ला प्रहरी कार्यालयको भनाइ ।२८.गाउँघरमै दवाएर राख्ने गरेका मुद्धाहरु नागरिक सचेतनाका कारण प्रहरी समक्ष आउन थालेको प्रहरीद्धारा जानकारी ।२९.प्रहरी समक्ष आउन हिच्किचाउनेहरु अहिले न्याय प्राप्तीका लागि सहजै कार्यालय आउन थालेकाले मुद्धा दर्ता गर्ने क्रम बढेको प्रहरीको भनाइ ।३०.जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पाँच वर्षिय अपराध तालिकामा पनि विगतका वर्षभन्दा ११ प्रतिशतले अपराधिक गतिविधि बढेको उल्लेख ।३१.प्रहरीले आर्थिक वर्ष २०७१ देखी २०७५ सम्म विभिन्न ६१ वटा शिर्षकमा मुद्दा दर्ता भएका अपराधको गरेको थियो तालिका सार्वजनिक ।३२.पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका ७ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते ।३३.मृत्यु हुनेमा सन्तोष यादव र धनगढीमाई नगरपालिका १२ का श्री प्रशाद मण्डल ।३४.तीव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडीको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीद्वारा जानकारी ।३५.घाइते पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको जानकारी ।३६.बैंक सर्वसाधरणको सपना पूरा गर्ने संस्था भएको नेबिल बैंकका कार्यकारी प्रमुख अनिलकेशरी शाहको दाबी ।३७.सर्वसाधरणको सपना पूरा गर्ने संस्था नबिल बैंक भएको शाहको उद्घोष ।३८.४० प्रतिशत जनता अझै पनि बैकिङ्ग सेवाबाट बञ्चित रहेको नेपाल पेशागत महासंघका उपाध्यक्ष प्रेमल खनालको भनाई ।३९.बैंकका कर्मचारीले अवकाश पछि पाउने सुविधामा ५१ प्रतिशत करकट्टी हुने प्रावधान खेदजनक रहेको बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायण सुवेदीको भनाइ ।४०.सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम राम्रो भएतापनि केही प्रावधान कर्मचारी हित विपरीत भएको सुवेदीको दाबी ।४१.अन्नपूर्ण आधार शिविर नजिकबाट बेपत्ता भएका चार कोरियाली नागरिक र दुई नेपाली अझै सम्पर्कविहीन ।४२.कोरियाली नागरिकमा ली मिन सु, किम सूक जा, जियोङ पिल बोङ र चोई ह्यो वन विगत ४८ घण्टादेखि सम्पर्कविहीन ।४३.समूहमा रहेका ११ जना कोरियाली नागरिकमध्ये दुईजना सिगाउँबाट माथि नगएको खुलाशा ।४४.सिगाउँबाट माथि गएका ९ जनामध्ये ५ जना हिमालयन होटलमा सकुशल पुगेको र पछाडि रहेका ४ कोरियालीसहित १ जना नेपाली अझै वेपत्ता ।४५.पोखराबाट खोजीको लागि टोली गए पनि मौसम प्रतिकूलताका कारण असहज भइरहेको जानकारी ।४६.भोजपुरको हतुवागढी गाउँपालिकाको जोर आहाल भन्ने ठाउँमा चार तले संखचुलि भ्युटावर निमार्णको काम सुरु ।४७.टावरबाट हतुवागढी दरवार, हिमाल दृष्य, तराईका फाँटहरु, सयबृक्ष, लागायतका विभिन्न मनोरम दृष्यावलोकन गर्न सकिने ।४८.प्रदेश एक सरकारको तीन करोड ५६ लाख लागतमा कुनसालिङ प्रा.लि सँग गरियो सम्झौता ।४९.कामलाई समयमै गुणस्तरिय ढङगले सम्पन्न गर्न समय समयमा अनुगमन तथा निगरानी गरिने जनप्रतिनिधिको भनाई ।५०.आफ्नै गाउँघरमा भ्यू टावर निमार्ण हुने भए पछि स्थानिय पनि खुसी ।५१.रूपन्देहीको देवदह क्षेत्रका कृषकहरू जौविक मलको प्रयोग गर्दै सामूहिक रुपमा अर्गानिक तरकारी खेतीमा आकर्षित ।५२.सयभन्दा बढी कृषकहरूद्वारा ५६ बिघाह भन्दा बढी जग्गामा खेती भइरहेको जानकारी ।५३.मौसमी र बेमौसमी तरकारी गरि वर्षमा ८ करोडसम्मको कारोबार भइरहेको नगरपालिकाद्वारा जानकारी ।५४.पहिले गाउँ छोडेर सहर पसेका तथा परदेश गएका युवा पनि अहिले फर्केर तरकारी खेतीमा लागेको स्थानीयवासीको भनाइ ।५५.नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा पाल्पाको तानसेनमा सडक खाना महोत्सवको आयोजना ।५६.विशालबजार टोल विकास संस्थाले नेपाल भ्रमण बर्षलाई लक्षित गरी गरेको हो सडक खाना महोत्सव ।५७.महोत्सवमा पाल्पाली, मुस्लिम परिकारहरु, कोदाको सेल, कोदाको रोटी, मह जस्ता परिकारहरुले आन्तरीक तथा बाह्य पर्यटकहरु रमाउँदै ।५८.महोत्सवले पर्यटकको बृद्धि हुने, आन्तरीक व्यापार बढ्ने, नेपाल भ्रमण बर्षलाई पनि सफल बनाउने आयोजकको विश्वास ।५९.पाल्पामा आन्तरीक तथा बाह्य पर्यटकहरुको प्रवद्र्धनको लागी प्रत्येक बर्ष हुर्दै आएको छ, तानसेनको टोल टोलमा सडक खाना महोत्सव ।६०.नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रक्षेपण ।६१.चालु आर्थिक वर्षमा नेपालले अनुमान गरेअनुसार आर्थिक वृद्धि हासिल नहुने आइएमएफको विश्लेषण ।६२.अर्थतन्त्रमा आएको गिरावट, विप्रेषणमा हुनसक्ने सम्भावित कमी र प्रतिकुल मौसमका कारण कृषि उत्पादनमा कमी आउन सक्ने जिकिर ।६३.सरकारले चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने गरेको अनुमान ।६४.सुदूरपश्चिम प्रदेश सरकारद्धारा चालू आर्थिक वर्षको ६ महिनामा १० दशमलव शुन्य,९ प्रतिशत बजेट खर्च ।६५.पुस मसान्तसम्म दुई अर्ब ८६ करोड ८२ लाख ७५ हजार रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको भनाई ।६६.गत आर्थिक वर्षमा प्रदेश सरकारले ६ महिनामा ४ दशमलव ९५ प्रतिशत बजेट गरेको थियो खर्च ।६७.यो आर्थिक वर्षमा पुस मसान्तसम्म चालूतर्फ एक अर्ब ५२ करोड २९ लाख ८२ हजार र पुँजीगततर्फ एक अर्ब ३४ लाख ५२ करोड ९३ हजार रुपैयाँ बजेट खर्च भएको उल्लेख ।६८.जर्वजस्ती करणी मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय सुनाइएका दुई जना ३० वर्षपछि सिरहाबाट पक्राउ ।६९.पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका–३ का बिल्टु मोची र रामखेलाबन मोची ।७०.झापाको बिर्तामोड नगरपालिका ३ बाट लागुऔषध ब्राउनसुगरसहित विकास उप्रेती र सुवास तामाङ पक्राउ ।७१.हेटौंडा उपमहानगरपालिका–९, शान्तिटोलमा रहेका लागूऔषध अखडामा प्रहरीको छापा ७ जना पक्राउ ।७२.पक्राउ पर्नेमा हेटौंडाका संगीत रायमाझी, दीक्षा भट्टाचार्य, निशा कुशवार,सन्दीप न्यौपाने, विश्वजंग रायमाझी, अभिशेक ठकुरी र निखिल लामा ।७३.सिरहाको लहान नगरपालिका १० बाट लागूऔषध ब्राउनसुगर सहित सप्तरीका प्रेम कुमार चौधरी पक्राउ ।७४.सर्लाहीमा लागूऔषध र नगद ३ लाख ६७ हजार रुपैयाँ सहित कास्कीका पूर्ण बहादुर तमाङ र योग्यचन्द्र आले पक्राउ ।७५.काठमाडौं जडीबुडीबाट एक जोडी हरिणको सिंङ सहित रामेछाप खाडादेवी गाउँपालिका ३ का आयुष राना मगर पक्राउ ।दुर्घटना७६.उदयपुरमो स.१ ह ३२३७ नम्बरको ट्याम्पो दुर्घटना हुँदा खोटाङका गणेश खड्काको मृत्यु ।७७.सिरहामा स.१ त ६५६० नम्बरको ट्याक्टर दर्घटना हुँदा लहानका सन्तोष कुमार यादव र हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय किशोरको मृत्यु ।७८.दुर्घटनामा घाइते ट्याक्टरमा सवार अन्य ५ जनाको सगरमाथा अस्पताल पुरानो चोहर्वा गोलबजारमा भइरहेको छ उपचार ।७९.काठमाडौं धारागल्ली डेरा गरी बस्ने रेणुका ढकालको कोठाबाट करिब १ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।८०.उदयपुरमा गोबिन्द पोख्रेलको घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।८१.पर्सामा भारतिय नंम्बर प्लेटको ट्रकमा करेण्ट सर्ट भई आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।८२.मोरङमा रामजी रिजालको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।८४.चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमितहरुको संख्या बढ्दो ।८६.सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख ।८७..नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएपनि एक हजार सात सयभन्दा बढी संक्रमित रहेको बेलायती वैज्ञानिकहरुको आशंका ।८८.गत डिसेम्बरमा चीनको वुहान शहरमा देखा परेको भाइरसबाट दुई जनाको मृत्यु भइसकेको अधिकारीहरुद्वारा जानकारी ।८९.नयाँ रोगको भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि चीनद्वारा विमानस्थलमा चेकजाँचमा कडाई ।९०.इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित ।९१..अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएको इथियोपियाको शिक्षा मन्त्रालयको भनाई ।९२..विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण अध्ययनका लागि अन्यत्र गएको सम्बद्ध अधिकारीहरूको तर्क ।९३..विश्वविद्यालयहरूले आफू मातहतका विद्यार्थी तथा कर्मचारीलाई अध्ययनमा अवरोध पुर्याएको भन्दै कारबाही सुरू ।९४..सुधारका लागि ४० शिक्षक तथा ६ सय ४० विद्यार्थीलाई कारबाहीको दायरामा ल्याइएको मन्त्रालयद्वारा जानकारी ।९५..शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिभागीय टोली नेपाल पुलिस क्लबको सहज जित ।९६..शनिबार एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसद्वारा जावलाखेल युथ क्लब २–० गोल अन्तरले पराजित ।९७..पुलिसलाई जित दिलाउन खेलको २७ औँ मिनेटमा सौजन राईले गोल गर्दै दिलाए अग्रता ।९८..जितसँगै पुलिसले ७ खेलमा ११ अंक जोड्दै उक्लियो लिगको चौथो स्थानमा ।९९.७ खेलमा ९ अंक जोड्दै जावलाखेल भने लिगको छैटौं स्थानमा ।१००.पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ साविक विजेता एपीएपको विजयी सुरुवात ।