पोष्टमार्टम ल्याबको अभाव, शव बोकेर भौतारिनुपर्छ आफन्त

पुष्पराज अधिकारी
हेटौंडा । हत्या, आत्महत्या, दुर्घटना जस्ता कारणले मृत्यु भएका मानिसको अनुसन्धानका लागि पोष्टमार्टम रिपोर्ट अनिवार्य हुन्छ । तर मकवानपुरमा पूर्वाधारको अभाव देखाउँदै चिकित्सकले पोष्टमार्टम नगर्दा सर्वसाधारण आफन्त गुमाउँदाको पीडा एकातिर थन्काएर शव बोकेर पोष्टमार्टम गराउन भौतारिनुपर्ने बाध्यता छ ।

पोष्टमार्टम रिपोर्टकै माध्यमबाट मृतकको मृत्युको कारण पत्ता लाग्न सक्छ । हत्यामा संलग्न व्यक्तिको पहिचान वा उसलाई दोषी ठहर गर्नकै लागि अदालतलाई पोष्टमार्टम रिपोर्ट अनिवार्य प्रमाण हो । तर हेटौँडा अस्पतालमा सुविधायुक्त फरेन्सिक ल्याब नहुँदा सर्वसाधारणलाई पोष्टमार्टमा गराउनै समस्या हुने गरेको छ । उनीहरु आफन्तको मृत्युले छट्पटाईरहँदा लास बोकर पोष्टमार्टम गराउन काठमाडौँ शिक्षण अस्पताल धाउन बाध्य छन् ।

अस्पतालमा कार्यरत चिकित्सकहरुले फरेन्सिक ल्याबको अभाव देखाउने गरेका छन् । जिल्ला अस्पतालमा फरेसिन्क विशेषज्ञको दरबन्दी नहुँदा थप समस्या भएको चिकित्सक बताउँछन् । प्रदेशको राजधानी भइसकेको हेटौँडा अस्पतालमा सुविधायुक्त फरेसिन्क ल्याब बनाउनेतर्फ ध्यान दिन सर्वसाधारणले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…