काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम पछिल्लो डेढ वर्षको तुलनामा उच्च बिन्दुमा पुगेको छ । कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ ।
साताभर १८७ कम्पनीका शेयर कारोबार भए । नेप्से उतारचढावपूर्ण अवस्थामा रहे पनि २ करोड ५१ लाख २ हजार १५९ कित्ता शेयर ८ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४ सय ४६ रुपैयाँ खरिदबिक्री भए । बजारले लय समातेर अगाडि बढे पनि क्रमशःनेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा १ हजार २ सयको बिन्दुमा झरेको छ । मौसमीरुपमा नाफा कमाउने लगानीकर्ता हावी हुँदा बजार उतार चढावपूर्ण अवस्थामा रहेको विश्लेषण गरिएको छ ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भयो । लगातार उकालो लाग्दै आएको बजारमा त्यस दिनको वृद्धिले नयाँ उचाइँ कायम गरेको थियो । त्यसदिन नेप्सेमा ३३ दशमलव ४३ विन्दुले वृद्धि भई १ हजार ३४३ दशमलव ६५ मा पुग्यो। प्रतिशतका आधारमा नेप्सेमा २ दशमलव ५५ वृद्धि देखिएको थियो । कूल १७८ कम्पनीका ६१ लाख ३१ हजार ४ सय १८ कित्ता शेयर २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९ सय १७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारको उचाइ सोमबार कायम हुननसक्दा नेप्से परिसूचक त्यसदिन करिब साढे २६ अंकले ओरालो लाग्यो । नेप्से परिसूचक २६ दशमलव ५४ विन्दुले घटेर १ हजार ३१७ दशमलव ११ मा पुग्यो । नेप्से ओरालो लागे पनि कारोबार रकम करिब २ अर्ब बराबर रह्यो । कूल १८२ कम्पनीका ५८ लाख ४६ हजार २ सय ३८ कित्ता शेयर २ अर्ब ९७ करोड तीन लाख ८७ हजार ९ सय ९३ रुैियाँमा खरिद–बिक्री भए ।
मंगलबार नेप्से परिसूचक झिनो अंकले वृद्धि भयो । नेप्सेमा सामान्य सुधार देखिँदै ३दशमलव३६ विन्दुले बढेर १ हजार ३२० दशमलव ४७ मा समेटियो । झिनो अंकले नेप्से उकालो लागे पनि कारोवार रकम भने करिब डेढ अर्ब नाघेको थियो । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७ सय ६० मा कारोबार भयो ।
बुधबार नेप्से परिसूचक ७ दशमलव ०५ अङ्कले घटेर १ हजार ३१३ दशमलव ४२ मा पुग््यो । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर १ अर्ब ५८ करोड १३ लाख ८१ हजार ३ सय ६४ मा खरिद बिक्री भए ।
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग््यो । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक त्यसदिन करिब १६ अंकले घटेको थियो । नेप्से १५ दशमलव ९५ विन्दुले घटेर एक हजार २९७ दशमलव ४७ मा झर्यो । एक हजार ३ सय को विन्दुमाथि पुगेको बजार ओरालो यात्रासँगै १ हजार २ सय को विन्दुमा झ¥यो । कूल १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४ सय १२ रुपैयाँमा खरिद बिक्री भए । स्टकमा प्रभु बैंकको ऋणपत्र सूचीकृत भयो । कूल १० लाख कित्ता ऋणपत्र बैंकको सूचीकृत भएका हुन् ।