सापकोटा सभामुखमा निर्विरोध, अदालतमा ?

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अग्नि सापकोटा सभामुखमा निर्विरोध हुने निश्चित छ । सिन्धुपाल्चोक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका सापकोटा सभामुखमा अन्य उमेदवारी नपरेपछि निर्विरोध हुने पक्कापक्की भएको हो ।

सापकोटाले संसदीय प्रक्रिया अनुसार माघ ६ गते सभामुखको लागि उम्मेदवार दर्ता गराउनु भएको थियो । उहाँलाई सभामुख बनाउन नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्ताव बस्नुभएको छ ।समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्व सभामुख ओनसरी धर्ती र राष्ट्रिय जनता पार्टी(राजपा)का लक्ष्मणलाल कर्णले समर्थन गर्नुभएको छ ।

सभामुख चयनका लागि आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आइतबार दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ । प्रतिनिभिसधामा अहिले सभामुख र उपसभामुख विहीन अवस्थामा  छ । सभामुख र उपसभामुख पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठक जेष्ठ सदस्यले गर्ने संवैधानिक प्रावधान छ । संवैधानिक प्रावधान अनुसार प्रतिनिधिसभाको आजको बैठक जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नुहुनेछ ।  जेष्ठ सदस्य ठाकुरको अनुमतिमा सभामुखका प्रस्तावक र समर्थकले आफ्नो भनाइ राख्नेछन् । त्यसपछि ठाकुरले सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसदले आइतबार सभामुख चयनको प्रक्रिया अगाडि बढाएको छ । तर यहीबेला सभामुखका एकल उम्मेवार सापकोटालाई सर्वोच्च अदालतले समेत बोलाएको छ । काभ्रेका अर्जुन लामा हत्या प्रकरणलाई आधार बनाएर ‘सापकोटालाई सभामुख नबनाउन’ परेको रिटमा सर्वोच्चले सापकोटालाई अदालत बोलाएको हो ।

सापकोटालाई सभामुखबाट रोक्न अभिवक्ता दिनेश त्रिपाठीले सरकार, संघीय संसदलाई समेत विपक्षी बनाएर शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिट परे लगत्तै सर्वोच्चले सापकोटालाई आइतबार बिहान १० बजे अदालत उपस्थित हुन पत्र काटेको हो । सभामुखमा निर्विरोध निश्चित भइसकेका सापकोटालाई सर्वोच्चले उपस्थित हुन आदेश दिएपछि त्यसले राजनीतिमा अर्को तरङ्ग ल्याएको छ । अदालतको प्रकरणले सापकोटा सभामुख बन्न रोकिने त होइन ? भन्ने शंका समेत उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…