‘बाँस्कोटा प्रकरणले मतदाता स्तब्ध छन्’ (भिडियाेसहित)

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको रुपमा चिनिनुहुन्छ । लामो समय पत्रकारितामा सक्रिय रहनुभएका थापा २०६२/०६३ को जनआन्दोलन ताका नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । राजाको २०६१ साल माघ १९ गतेको कदमविरुद्धको आन्दोलन सुरुवात नेपाल पत्रकार महासंघले गरेको थियो । थापा त्यसबेला पत्रकार महासंघको आन्दोलनको योजनाकारमा पर्नुहुन्छ, उहाँ ।

२०६२/०६३ को आन्दोलनपछि उहाँ पत्रकारितालाई सहायक बनाउँदै राजनीतिमा सक्रिय हुन थाल्नुभयो । नेकपा एमाले प्युठानको सचिव हुँदै केन्द्रीय सदस्यसम्म आइपुग्नुभएको हो । थापाले एमालेको पर्यटन विभाग प्रमुख र प्रचार विभागको उपप्रमुख जिम्मेवारी समेत बहन गरिसक्नुभएको छ । थापाले पत्रकारिता सक्रिय रहँदै राजनीतिको केस्राकेस्रा केलाउनु भएको थियो । राष्ट्रिय तथा अन्तर्रािष्ट्रय राजनीतिको विविध पक्ष गहन रुपमा अध्ययन गर्नुभएका थापाको ‘राजतन्त्रको अर्थ राजनीति’ पुस्तक समेत प्रकाशित छ ।

अहिले उहाँले पार्टीको सहप्रवक्ता र प्रधानमन्त्रीको प्रेस सल्लाहकार जिम्मेवारी सम्हाल्नु भएको छ । किशोर अवस्थादेखि नै पत्रकारितामा लाग्नुभएका थापा श्रमजीवि पत्रकारको हित हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँ मिडियामैत्री प्रेस सल्लाकारका रुपमा चिनिनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बालुवाटार जग्गा प्रकरणमा विगतका आधा दर्जन प्रधानमन्त्रीहरुको संलग्नता रहेको र अँध्यारोमा गर्न हुने र नहुने काम भएको बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुराकानी गर्दै सल्लाहकार थापाले प्रधानमन्त्रीको निवास रहेको जग्गामा बाटो विस्तार गर्ने वा विभिन्न नाममा विगतमा भएका निर्णयहरुलाई सत्य तथ्य सार्वजनिक गर्ने काम यो सरकारले गरेको प्रष्ट्याउनु भयाे ।  बाँस्कोटा प्रकरणबारे सोधिएकाे  प्रश्नमा थापाले भन्नुभयो, ‘बाँस्कोटाको नाम जोडिएर आएको अडियो सुनेर जनसमुदाय, सुभेच्छुक तथा मतदाता एक ढंगले स्तब्ध भएका छन् ।’ बाँस्काेटाले राजीनामा दिएपछि त्यसबारे छानविन सहज भएकाे उहाँकाे भनाइ छ ।  ‘छानविनका लागि बाटो खुला गर्ने मान्छे अभियुक्त जस्तो र लिसो टाँसिए जस्तो व्यक्ति चाहिँ सदाचारी भन्ने होइन’ अन्तरवार्तामा उहाँले भन्नुभयाे, ‘लोकतन्त्रमा ढाकछोप गर्ने काम हुँदैन छानविन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– अध्ययनमा मन जानेछ । सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । वृष– मानसिक अशान्ति बढ्नेछ । घरायसी…

काठमाडौं । बन्दाबन्दी  (लकडाउन्) खुकुलो भएसँगै मुलुकभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा यातायातका…

यसमा शब्द हर्क साउद, संगीत सुजन चापागार्ईं, स्वर सुजन चापागार्ईं अनि विद्या तिवारीको रहेको छ ।

चितवन प्रहरीले जिल्लामा हुने सवारी साधन दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ ।

बैठकमा दुई पार्टीको एकता पछिको संगठन समायोजन र पदाधिकारीको कार्यविभाजनका सम्बन्धमा पनि छलफल हुने छ ।

तनहुँ । व्यास नगरपालिकामा घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर नगरपालिकाकाे वडा…