बि डिभिजन लिगमा खुमल्टार र नयाँ बस्तीकाे जित

काठमाडौं । शहीद स्मारक बि डिभिजन लिगमा खुमलटार युथ क्लब र नयाँ बस्ती क्लबले आआफ्नो खेलमा जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा नयाँ बस्तीले झम्सीखेल युथ क्लबमाथि ५–१ गोल अन्तरको जित निकालेको हो ।

नयाँ वस्तीको जितमा सच्चु गुरुङले ह्याट्रिक गरे भने सागर राई र सुमन योङ्गाले समान १–१ गोल थपे । झम्सिखेलका लागि मदन स्याङ्तानले एक सान्त्वना गोल फर्काए ।

यस्तै आजै भएको पहिलो खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम आरसिटीलाई ३–० गोल अन्तरले हराएको हो । उसको जितमा सबिन केसीले दुई तथा महेश राईले एक गोल गरे । जितसँगै खुमलटारले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा खुमलटारले मध्यपुर युथ एसोसियसनलाई १–० गोल अन्तरले पराजित गरेको थियो। आरसीटीले भने २ खेलमा १ अंक जोडेको छ ।

पहिलो खेलमा आरसीटीले झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…