मध्य रातमा डोजरमा लाग्यो आगो

जाजरकोट । बारेकोटमा एक डोजरमाथि आगजनी भएको छ । अपरिचित समुहले मंगलबार राति डोजरमा आगजनी गरेको हो ।

बारेकोट गाँउपालिका जोड्ने हान्नेसल्ला—लिम्सा सडक खन्न लगिएको रेगन निर्माण सेवा सुर्खेतको बा ३ क ४०८६ नम्बरको डोजरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट डोजरका पुरै पाटपुर्जा जलेको छ । आगजनीको जिम्मा हालसम्म कसैले लिएको छैन् । तर केही दिन अघि मात्र नेत्रविक्रम चन्द्र विप्लव समूहले डोजर मालिक दानबहादुर खड्कासँग चन्दा माग गरेको थियो । चन्दा नदिए डोजर जलाइदिने धम्कीसमेत दिएको खड्काले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक किशोर सिह श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।